काठमाडौं, भदौ १३ गते । काठमाडौं, भदौ १३ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक शुरु भएको छ । सोमबार बिहानबाट शुरु भएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहाेरा पढेर सुनाउनु हुनेछ ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त भएको ब्यहोरा जानकारी गराउनुहुने कार्यसूची छ ।