• १३ असोज २०८१, आइतबार

बाँध भत्काएर सुस्तामा पस्यो नारायणी

blog

वस्तीमा नारायणी नदीको बाढी पसेपछि ।

बोमलाल गिरी 

नवलपुर, असोज १२ गते । नवलपरासीको सुस्तामा नारायणीको बाढी पसेको छ । बिहान बर्षाको पानीको निकास नहुँदा जलमग्न भएको सुस्तामा राति बाँध नै भत्काएर वस्तीमा पसेको हो । 

बाढी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नवलपरासी प्रशासनले जनाएको छ । नारायणी नदीमा पानीको बहाव बढ्दो छ । साँझ ८ बजेको मापनअनुसार गण्डक ब्यारेजमा पानीको बहाव ५ लाख ४८ हजार २५० क्युसेक पुगेको छ ।

वस्तिमा नदीको पानी पसेका कारण स्थानीयलाई सुरक्षित स्थानमा सार्नका लागि स्थानीयलाई माईकिङ गर्दै आग्रह गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार त्यहाँ अहिले तीन फिटसम्म डुवान भएको छ ।

बाढी पसेको स्थानका नागरिकलाई सुस्तामा रहेको आपतकालीन आश्रय स्थलमा राखिएको छ । आपतकालीन आश्रयका लागि स्थानीय पालिकाले बनाएका दुईवटा भवनमा सार्ने काम भइरहेको प्रजिअ श्रेष्ठले बताउनुभयो । शनिबार बिहान थारुगाउँ जलमग्न भएकोमा साँझ नदीको पानी सुस्ताको सैनिक टोलबाट पसेको हो ।

बाढी पसेको भए पनि मानवीय क्षति भने भएको छैन । जिल्लामा नारायणी नदी र खहरे खोलामा पानीको बहाव उच्च रहेको र तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले सजक रहन प्रशासनले आग्रह गरेको छ ।