नागरिकता विधेयक संसदमा पेश
नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका सांसद प्रमे सुवालले दिनुभएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गर्नुभएको हो ।
प्रतिनिधिसभा : स्वास्थ्य उपचार नपाएकामा चिन्ता
प्रतिनिधिसभा बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ ।
गभर्नरबारे छानबिन गर्न माग
प्रतिनिधिसभा बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ ।
उपसभामुखको निर्वाचन शुक्रबार
प्रतिनिधिसभा उपसभामुखको निर्वाचन असार ३१ गते अर्थात् शुक्रबार हुने भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचन असार ३१ गते गर्नेका लागि तोकेको जानकारी दिनुभयो
प्रतिनिधिसभा : प्रहरीका लागि हतियार खरिदबारे जानकारी माग
प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ ।
उपसभामुख निर्वाचनको मिति आज तोकिँदै
लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन मिति तोकिँदै छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
संसदीय छानबिन समितिले अर्थ मन्त्रालयसँग सम्बन्धित कागज र विवरण माग्ने
काठमाडौं, असार २८ गते। निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधबार अर्थ मन्त्रालयसँग जनार्दन शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ।मंगलबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै निवर्तमान अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरणको लागि पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो। बैठकले छानबिन समितिको सभापति सर्वसम्मतिबाट छान्ने निर्णय गरेको छ। सचिव अर्यालले सर्वसहमतिबाट सभापति छान्न सदस्यले आन्तरिक छलफल गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो। उहाँले आजको बैठको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले गर्नुभएको बताउनुभयो। सचिव अर्यालले अर्को बैठक बुधबार दिउँसोे बस्ने बताउनुभयो। निवर्तमान अर्थमन्त्री शर्माले अर्थमन्त्री हुँदा २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यी संसदीय विषेश छानबिन समिति बनेको छ। शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो। संसदीय छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य रहनुभएको छ। समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहनुभएको छ।यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा हुनुहुन्छ। छानबिन समितिले पहिलो बैठक बसेको १० दिनभित्र रिपोर्ट तयार पारिसक्नु पर्नेछ।
राष्ट्रियसभामा चार विधेयक पेश
राष्ट्रियसभाको आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक पेश भएका छन् ।
सभामुख सापकोटाद्वारा पाँच विधेयक प्रमाणित
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसदका दुवै सदनबाट पारित भएका पाँच वटा विधेयक प्रमाणित गर्नुभएको छ ।
बुधबारको संसद्को सम्भावित कार्यसूचीमा नागरिकता विधेयक
सङ्घीय संसद्अन्तर्गत बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रियसभाको दोस्रो बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको दोस्रो बैठक पुनः सुरु भएको छ । राष्ट्रियसभाको पहिलो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पाँच विधेयक टेबुल भएपछि बैठक ४५ मिनेटको लागि स्थगित भएको थियो ।
‘नेपाल श्रीलङ्का जस्तो आर्थिक सङ्कटतर्फ गएको छैन’
नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलङ्काको जस्तो आर्थिक सङ्कटतर्फ नगएको बताउनुभएको छ।
राष्ट्रियसभाबाट तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित
राष्ट्रियसभाबाट तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभाको मङ्गलबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
दलित समुदायमाथि हुने अमानवीय व्यवहार रोकिएको छैन : सांसद पोखरेल
नेकपा (माओवादी केन्द्र)की सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरुको अन्त्य हुन नसकेको बताउनुभएको छ ।
संसदमा उपसभामुख र उपाध्यक्ष पदमा महिला नहुनु लाजमर्दो : वामदेव गौतम
राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण सङ्घीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गर्नुभएको छ ।
राष्ट्रियसभा: त्रिविमा प्रश्नपत्रसम्बन्धी भएको बेथिति रोक्न सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा 'पार्वती'ले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्रसम्बन्धी भएको बेथिति रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।
सदनमा अड्किएका विधेयकको अवस्था हेर्न विशेष संसदीय समिति गठन गर्नुपर्छ : सांसद दाहाल
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको शून्य समय : तुइनबाट खसेर मृत्यु हुने घटना बढ्दो
तुइनबाट खसेर नागरिकको ज्यान गएका विषयमा सदनदेखि सडकसम्म चर्को आवाज उठ्ने गरेको छ । राष्ट्रियसभाको मङ्गलबारको बैठकको शून्य समयमा सांसद इन्दु कडरियाले तुइन चुडिएर नागरिकले मृत्युवरण गर्नुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक जारी छ ।
सुदूरपश्चिम प्रदेशको बजेटमाथि छलफल सुरु हुन सकेन
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा अझै छलफल हुन सकेको छैन । बजेट पारित गर्नुपर्ने समय सीमा नजिकिए पनि सत्तारुढ दल र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यको असन्तुष्टिका कारण बजेटमा छलफल हुन नसकेको हो ।
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सोमबारको दोस्रो बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि बुधबारसम्मका लागि स्थगित भएको हो ।
प्रतिनिधिसभाबाट यौन हिंसासम्बन्धी विधेयक पारित
प्रतिनिधिसभाले यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ । सोमबार बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको हो ।
यौन हिंसा नियन्त्रणका लागि सुधार आवश्यक : कानुनमन्त्री कोइराला
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘क्रिमिनल जस्टिस सिष्टम’मा सुधारको जरुरी रहेको बताउनुभएको छ ।