• १५ पुस २०८१, सोमबार

प्रतिनिधिसभा : प्रहरीका लागि हतियार खरिदबारे जानकारी माग

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २९ गते । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ । 

एमालेका सांसद खगराज अधिकारीले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाउँदै ती सामान खरिद गर्नुपर्ने आवश्यकता हो होइन, ती सामान नेपाल प्रहरीबाट माग भएको हो होइन ? सोबारे सदनलाई स्पष्ट जानकारी गराउन माग गर्नुभयो ।