• ६ पुस २०८१, शनिबार

नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्न माग

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २९ गते । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका गर्नका लागि नेपाल–भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग गर्नुभएको छ ।

सांसद सुवालले जन्मका आधारमा नेपाली नागरिकता पाएकोहरुको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई दवाब दिनुभयो ।

बुधबार प्रतिनिधिसभा बैठकमा ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’’ मा विरोधको सूचना पेश गर्दै उहाँले नेपालीसँग विवाह गरेका नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको हुनुपर्ने बताउनुभयो । साथै नेपालको कुनै एउटा भाषा र संस्कृतिमा लिखित परीक्षा र अन्तर्वार्ता उत्तीर्ण गरेकालाई नेपालको कृत्रिम नागरिकता दिने व्यवस्था गर्न पनि सरकारलाई उहाँले सुझाव दिनुभयो ।

सांसद सुवालले सङ्घ र प्रदेशको अलग–अलग नेपालको नागरिकताको व्यवस्था गर्नु उचित हुने धारणा समेत राख्नुभयो ।

नागरिकता विधेयक देशको सार्वभौमिकतासँग जोडिएकाले स्थानीय तहका जनताको सुझावलाई समेत लिएर अघि बढाउन उपयुक्त हुने उहाँको भनाइ छ ।