शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १९ गते । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको बैठक सुरु हुँदा सदनमा उभिएर एमालेले आपत्ति जनाएको हो । सभाको अध्यक्षता गर्नुभएका अर्जुनरसिंह केसीले एमालेका सांसद गुरु बराललाई धारणा राख्न अनुमति दिनुभएपछि बैठक सुरु भएको हो ।
उहाँले पूर्वप्रधानमन्त्री ओली र कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ प्रक्रियाप्रति आपत्ति जनाउनुभएको छ ।
बैठकको सुरुमै सांसद बरालले सरकारले पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकमाथि गैर कानुनी धर पकड गरेको भन्दै रिहा गर्न माग गर्नुभएको हो ।
उहाँले भदौ २४ को घटनाबारे पुन छानबिन गर्नुपर्ने माग गर्नुभयो ।