काठमाडौँ, चैत १९ गते । स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रूपमा प्रस्तुत हुने बताउनुभएको छ । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बसेको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले शिक्षा र विज्ञान प्रविधिको क्षेत्रमा धेरै काम गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘विज्ञान प्रविधिको विकास नगरेसम्म कुनै पनि देशको विकास हुँदैन । त्यसका लागि नेपालमा शक्तिशाली विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र आवश्यक भएकाले त्यसलाई एउटा कानले सुनेर अर्को कानले नउडाउन अनुरोध गर्दछु’, उहाँले भन्नुभयो ।
उहाँले शिक्षा नियमावलीमा धेरै परिमार्जन आवश्यक भएकोमा जोड दिनुभएको छ । विभिन्न आन्दोलनको उपलब्धिबाट प्राप्त राजनीतिक अधिकारको प्रयोग गरेर अहिले जनताले रास्वपालाई सदनको ठुलो दल बनाएको भन्दै उहाँले अब उसले जनताका काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विदेशमा बसेका नेपालीलाई भोट दिने अधिकार दिनुपर्नेमा समेत जोड दिनुभएको छ ।