• १९ चैत २०८२, बिहिबार

सम्पत्ति शुद्धीकरण : व्यवसायी दीपक भट्ट पक्राउ

blog

फाइल तस्बिर

काठमाडौँ, चैत  १९ गते । प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई नियन्त्रणमा लिइएको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीबार काठमाडौँको गैरीधारा क्षेत्रबाट उहाँलाई नियन्त्रणमा लिइएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा भट्टमाथि अनुसन्धान गरिरहेको छ ।