काठमाडौं, असार २९ गते । प्रतिनिधिसभा बैठकमा नागरिकता ऐन संशोधन विधेयक पेश भएको छ ।
नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिनुभएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गर्नुभएको हो ।
गृहमन्त्री खाणले विधेयक पेश गर्नुभएपछि प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक अघि बढेको छ ।