• ६ पुस २०८१, शनिबार

प्रतिनिधिसभा : स्वास्थ्य उपचार नपाएकामा चिन्ता

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २९ गते । प्रतिनिधिसभा बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ ।

बुधबारको बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले स्वास्थ्य बीमा गरेर पनि सो अनुरुप उपचार नपाएकोमा चिन्ता प्रकट गर्नुभएको हो ।

उहाँले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने पनि बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकका गभर्नरले शेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आपत्ति व्यक्त गर्नुभयो ।