जेठ १५ मै बजेट ल्याउन अधिवेशन अन्त्य र आह्वान हुन्छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले संवैधानिक व्यवस्थाअनुरुप जेठ १५ गते बजेट ल्याउने गरी चालू संसद अधिवेशन अन्त्य र आह्वान हुने स्पष्ट गर्नुभएको छ ।
संवैधानिक निकाय ‘रिटायर्डको क्लब’ जस्ता भए : सांसद् सापकोटा
प्रतिनिधि सभाका सांसद माधव सापकोटाले संवैधानिक निकायलाई ‘रिटायर्डको क्लब’ जस्तो बनाउनु नहुने टिप्पणी गर्नुभएको छ ।
संसद् राजसंस्थाको पैरवी गर्ने थलो र विज्ञापन एजेन्सी होइन : सांसद दाहाल
नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको छ। बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको हो।
बूढीगण्डकी आयोजना निर्माण तत्काल सुरु गर्न माग
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनु भएको छ।
शिक्षा क्षेत्रको पुनरावलोकन आवश्यक छ : सांसद राणा
पाली कांग्रेसकी सांसद् डा. आरजु राणाले देशको समग्र शिक्षा क्षेत्रको पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभएको छ।
‘जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने’
सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ । प्रतिनिधि सभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाउनुभयो ।
प्रतिनिधि सभा बैठक आज बस्दै
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
अभ्यास र उपलब्धिका हिसाबले आशा लाग्दो संसद् अधिवेशन
प्रमुख राजनीतिक दलका नेताले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पनि सरकार गठनलगायत विषयमा देखिएको राजनीतिक तरलताबीच सङ्घीय संसद्को चालु अधिवेशन संसदीय अभ्यास र उपलब्धिका हिसाबले आशा लाग्दो रहेको प्रतिक्रिया दिनुभएको छ।
राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त हुनुभएको छ ।