• १३ असोज २०८१, आइतबार

नेपाल र चीनको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता

blog

सभामुख अग्निप्रसाद सापकोटा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चानशु । तस्बिर : सुजन गरुङ

काठमाडौं, भदौ २७ गते । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहनु भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चानशु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच छलफल भएको छ ।


सङ्घीय संसद भवन नयाँ वानेश्वस्थित ल्होत्से हलमा नेपाल र चीनको संसदका नेतृत्वसहित प्रतिनिधि मण्डलवीच द्विपक्षीय भेटवार्ता भएको हो ।

यसअघि सङ्घीय संसद, प्रतिनिधि सभाका सभामुख सापकोटा र अध्यक्ष लीबीच शिष्टाचार भेट वार्ता भएको छ । उहाँहरुबीच सङ्घीय संसद भवन नयाँ वानेश्वरको तिलिचो हलमा शिष्टाचार भेट भएको हो । सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली आजै काठमाडौं आइपुग्नु भएको हो ।