• ३० वैशाख २०८२, मङ्गलबार

राजस्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौँः सांसद सिंह

blog

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंह मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख ३० गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोक्न माग गर्नुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।

सङ्घको बजेट आउनुभन्दा पहिला ७७ जिल्लामै जिल्ला दर रेट कायम गर्नुपर्ने भन्दै दर रेट कायम गर्दा अर्बौं रुपियाँको भाग कर्मचारीदेखि नेतासम्म पुग्ने गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले रट, सिमेन्ट, आदिमा दर रेट कायम गर्दा राजस्व कार्यालयलाई पनि राय लिनुपर्ने बताउनुभयो । नीतिगत भ्रष्टाचार रोक्न माग गर्नुभयो ।

‘‘सङ्घको बजेट आउनुभन्दा पहिला ७७ जिल्लामै जिल्ला दर रेट कायम गर्नुपर्छ । त्यही दर रेट कायम गर्दा अर्बौं रुपियाँको भाग कर्मचारीदेखि नेतासम्म पुग्ने गर्दछ । रट, सिमेन्ट, आदिमा दर रेट कायम गर्दा राजस्व कार्यालयलाई पनि राय लिन राख्नुपर्दछ ।,’’ सांसद सिंहले भन्नुभयो, ‘‘ग्यापिङ बक्स उद्योगले बेच्ने रेट दुई सय ३० रुपियाँ छ भने जुन निकायले गरेको दररेट तीन सय २८ रुपियाँसम्म पुगेको छ, स्कवायरमिटरमा । त्यसकारण नीतिगत भ्रष्टाचार रोक्नुपर्छ । राजश्व कार्यालयसँग राय लिएपछि मात्रै दर रेट कायम गर्न अनुरोध गर्न चाहन्छु ।’’

राजस्व कार्यालयसँग राय लिएपछि मात्रै दर रेट कायम गर्न उहाँको आग्रह छ ।