• १३ असोज २०८१, आइतबार

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

blog

काठमाडौं, भदौ २५ गते । शनिबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्नुहुँदै विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले प्रतिनिधि सभा बैठक स्थगित भएको जानकारी दिनुभयो ।

सचिव योगीका अनुसार अर्को बैठक भदौ २९ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।