• ५ जेठ २०८१, शनिबार

नेपाल मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

blog

काठमाडौं, भदौ २२ गते । प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ २५ गते शनिबार दिउँसो १ बजे बस्नेछ ।