गोरु पाल्ने कृषकलाई अनुदान
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गोरु पाल्ने कृषकलाई अनुदान प्रदान गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार गोरु पाल्ने कृषकलाई अनुदान दिन लागिएको जानकारी दिनुभयो ।
उखु ‘क्रसिङ’ को विवरण माग
कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीले जिल्लाका तीन वटै चिनी उद्योगसँग उखु क्रसिङको विवरण माग गरेको छ ।
डोल्पामा ४ म्याग्निच्युडको भूकम्प
डोल्पा जिल्लाको कान्जिरोबा आसपास क्षेत्रमा आइतबार बिहान भूकम्प गएको छ।
बिजुलीले बढायो मकै खेती
बर्दियामा बढ्दो विद्युतीकरणसँगै बर्दियाका कृषक नगदे बाली मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
एक लाखबाट चार करोडको मालिक
रामेछाप नगरपालिका–६, ओख्रेनीका लोकेन्द्र श्रेष्ठ जिल्लाको एक सफल उद्यमीमा पर्नुहुन्छ । श्रेष्ठको सदरमुकाम मन्थलीमा जुनारको स्क्वास जुस उत्पादन गर्ने मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि नामक उद्योग सञ्चालनमा छ ।
पहिलो पटक भित्रियो मकै रोप्ने मेसिन
धादिङ जिल्लामा पहिलो पटक मकै रोप्ने मेसिन भित्रिएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित सल्यानटारमा मकै रोप्ने मेसिन भित्रिएको हो ।
पुनर्सञ्चालनमा आयो उदयपुर सिमेन्ट
आर्थिक सङ्कटबाट गुज्रिरहेको उदयपुर सिमेन्ट उद्योग छ महिनापछि पुनर्सञ्चालनमा आएको छ । अदालत र कर्मचारी संयन्त्रको अवरोधले छ महिनादेखि बन्द उद्योग बिहीबार रातिदेखि सञ्चालनमा आएको हो ।
बागमतीको बजेट सीमा पचपन्न अर्ब
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि बागमती प्रदेश सरकाले ५५ अर्बको बजेट सीमा निर्धारण गरेको छ ।
‘ट्रेडमार्क विवाद सुल्झाउन छुट्टै कानुन’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
तेब्बरले घट्यो अलैँची निर्यात
अलैँची निर्यातमा तेब्बरले गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा उच्च माग भए पनि उत्पादन कम हुँदा निर्यातमा भने तेब्बरभन्दा बढीले कमी आएको हो ।
शिक्षकसँग वार्ता सुरु
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने र उक्त ऐनमा पेसागत हकअधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको नेपाल शिक्षक महासङ्घसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शनिबार वार्ता गरेको छ ।
अवकाश कोषका लागि बजेट नछुट्याउँदा अन्योल
स्थानीय तहमा कार्यरत ३५ हजार कर्मचारीको अवकाशपछिको भविष्य अन्योल बन्दै गएको छ । स्थानीय सेवाका ती कर्मचारीको तीन तहका सरकारमध्ये अवकाश कोष कुन तहले खडा गर्ने भन्ने यकिन नहुँदा ती कर्मचारीको अवकाशपछिको भविष्य अन्योल बन्दै गएको हो ।
कर्मचारीको बोझ थप्दै स्थानीय तह
स्थानीय तहले आवश्यकताभन्दा बढी दरबन्दी सिर्जना गरी कर्मचारी भर्ना गर्ने तयारी गरेका छन् । अहिले ७५३ स्थानीय तहमध्ये करिब ८० प्रतिशत स्थानीय तहले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार गरी कर्मचारीको दरबन्दी बढाउँदै गएका हुन् ।
मकवानपुरमा जैविक कृषि जागरणका अभियानकर्ता
‘खानाका लागि विषरहित खेतीपाती प्रयोग गरौं, तुलनात्मक लाभ भएका कृषिउपज प्रवर्धन गरी किसानको आम्दानी र रोजगारी बढाऔं’ नाराका साथ सुरु गरिएको जैविक कृषि जागरण अभियान २०८२ का अभियानकर्ता मकवानपुर आइपुगेका छन् ।
जनताको जीवन उकास्न सहकारी सारथी बन्नुपर्छ : प्रमुख देवकोटा
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले सहकारी बैंक आमजनताको जीवन उकास्ने सारथी बन्न सक्नुपर्ने बताउनुभएको छ । नवजीवन सहकारी संस्था लिमिटेड धनगढीद्वारा आयोजित सहकारीका मर्म र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा तस्बिर प्रदर्शनी
गोरखापत्र संस्थानले यस वर्षको राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिरहरू प्रदर्शनी गरेको छ। आज काठमाडौँमा गोरखापत्र संस्थान, आर्ट तथा फोटोग्राफी शाखाले नेपालमा फोटो पत्रकारिता र पत्रकारको सुरक्षा विषयक कार्यशाला गोष्ठीको आयोजना गरी गोरखापत्रमा प्रकाशित तथा यहाँ कार्यरत फोटो पत्रकारले खिचेका श्यामश्वेत तस्बिर प्रदर्शनी गरिएको हो।
नेपाल सदैव आतङ्कवादको विपक्षमा छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताउनुभएको छ ।
तरकारी खेतीबाट समृद्धि खोज्दै किसान
तुलसीपुर उपमहानगरपालिका–२ कुमलगदी गाउँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । कुनै समय धान, गहुँ खेतीमा निर्भर रहेका कृषकहरु तरकारी खेतीमा राम्रो आम्दानी हुन थालेपछि सिङ्गो गाउँले तरकारी खेतीमा आकर्षित हुन थालेका हुन् ।
एक सयको कोष, तीन लाखको बिमा
समाजवाद उन्मुख बन्दै गएको लमजुङको पर्यटकीय स्मार्ट भिलेज घले गाउँवासीले आफ्नै कोषबाट स्वास्थ्य बिमा लागु गरेका छन् ।
कोरोला नाकामा सीमा अपराध रोक्न संयुक्त गस्ती
चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ मा पर्ने कोरोला नाकाको सीमा क्षेत्रमा हुने सीमा अपराध रोक्न नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र चिनियाँ प्रहरीले शुक्रबार संयुक्त गस्ती गरेका छन् ।
सरकार र शिक्षकहरूबिच छलफल सकियो, पुनः छलफल हुने
काठमाडौँ, वैशाख १३ गते । सरकार र शिक्षक महासङ्घबिच छलफललाई निरन्तरता दिने सहमति भएको छ । शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासङ्घका प्रतिनिधि बिचको छलफलमा संवादलाई निरन्तरता दिने सहमति भएको हो । शनिवार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबिच वार्ता भएको थियो । वार्ताले छलफललाई निरन्तरता दिने र आन्दोलनका क्रममा शिक्षकहरूले उठाएका मागहरू पूरा हुनुपर्ने माग शिक्षकहरूले गरेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनु भयो । उहाँले शिक्षक महासङ्घ अहिले आन्दोलनमा रहेको र आन्दोलनका क्रममा उठाएका विषयवस्तुहरू मन्त्री पन्तसँग छलफल भएको बताउनु भयो । उहाँले बैठकले छलफल र संवादलाई निरन्तरता दिने निर्णय गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘नेपाल शिक्षक महासङ्घ अहिले आन्दोलनमा छ । आन्दोलनका क्रममा हामीले उठाएका विषयवस्तुका बारेमा माननीय मन्त्रीज्यूको उपस्थितमा छलफल भयो । छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको छ ।’नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले सरकारले शुक्रवार दोस्रो पटक गरेको परिपत्रको आधारमा औपचारिक छलफलमा आएको बताउनु भयो । उहाँले अहिले नै निष्कर्षमा पुगी नसके पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल सरकारले आफूहरूका माग पूरा गरेको खण्डमा निष्कर्षमा छिटै पुग्ने बताउनु भयो । उहाँले मुलुकभरका विद्यालय र ७० लाख विद्यार्थी र अभिभावकहरूको जिम्मेवारी पनि शिक्षक महासङ्घलाई रहेको भन्दै शिक्षक कर्मचारीको सेवा सुविधा मात्रै सुनिश्चित गर्नका लागि नभई गुणस्तरीय शिक्षा प्रदान गर्न नेपाल सरकार शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलनमा होमिएको बताउनु भयो । केही समय लाग्न सक्ने तर निकास दिएरै छोड्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामी औपचारिक रूपमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट पछिल्लो समय हिजो मात्रै दोस्रो पटक गरिएको परिपत्रको आधारमा हामी औपचारिक रूपमा छलफल र संवादमा छौँ । हामी निष्कर्षमा पुगेका छैनौँ । निष्कर्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल सरकारले हामीले पेस गरेका माग मुद्दामा यथेष्ट जानकारी गराउने र जानकारी गराइसकेपछि मात्रै हामी निकासमा आउनेछौँ । समग्र विद्यालय मुलुकभरका, ७० लाख विद्यार्थी र अभिभावकहरूको जिम्मेवारी पनि नेपाल शिक्षक महासङ्घको काँधमा छ । तसर्थ हामीले शिक्षक कर्मचारीको सेवा सुविधा मात्रै सुनिश्चित गर्नका लागि होइन, गुणस्तरीय शिक्षा प्रदान गर्न नेपाल सरकार शिक्षा ऐन लिएर आऊ भन्ने अभियानमा सडक आन्दोलन जारी छ । आज आन्दोलनको ८५ औँ दिन हो । सडक आन्दोलन गरेको आज २५ औँ दिन हो । केही समय लाग्न सक्छ तर हामी निकास दिन्छौँ । निकास दिने मुख्य निकाय भनेको शिक्षा मन्त्रालय र नेपाल सरकार हो ।’विद्यालय शिक्षा विधेयक सदनमा प्रवेश गरे लगत्तै आन्दोलन रोक्ने शिक्षकहरूको अडान कायमै रहेको छ ।
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ: उपाध्यक्ष पोखरेल
काठमाडौं, वैशाख १३ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शनिवार ललितपुरमा मनमोहन अधिकारीको २६ औँ स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकातिर दक्षिण—पूर्व—पश्चिम १८ सय किलोमिटर सीमा जोडिएको छिमेकी भारत र अर्कोतिर उत्तरमा १४ सय किलोमिटर सिमाना जोडिएको चीन रहेको बताउनु भयो । चीनसँगको सिमाना हिमालले पर्खाल सरह काम गरेको भए पनि भारतसँग खुला सिमाना रहेको बताउनु भयो । भारतसँग विगतमा भएका सन्धि, सम्झौतहरु अद्यावधि हुन नसकेको बताउनुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालले आफूलाई राष्ट्रिय स्वाधीनता, स्वाभिमानको लागि, अखण्डताको लागि कतिपय कुरामा गम्भीरताका साथ सोच्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । एमालेले आफ्ना अठोट, सङ्कल्प, उद्देश्यमा समर्पित भएर लागि रहनुपर्ने जरुरी रहेको बताउनुभयो । नेपालको राजनीतिमा नेकपा एमालेलाई कमजोर देखाउने कोसिस भइरहेको बताउनु भयो । उहाँले एमाले जहिले पनि प्रतिकुलतासँग जुध्दै अघि बढेको पार्टी भएको जिकिर गर्नुभयो । एमालेलाई आफ्नो भूमिकाबाट च्युत गराउनको लागि चौतर्फी कोसिस भइरहेको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘नेपालको पोलिटिक्समा अनेक ढङ्गले समस्या छन् भन्ने हिसाबले चित्रण गर्ने, नेकपा एमालेलाई कमजोर देखाउने यस हिसाबले एउटा कोसिस भइरहेको छ । तर नेकपा एमाले जहिले पनि प्रतिकुलतासँग जुध्दै, अप्ठ्याराहरूसँग जुध्दै, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा, स्वाधीनताको पक्षमा, मुलुकलाई समृद्ध बनाउने कुराको पक्षमा, जनताको हक हितको पक्षमा दृढतापूर्वक उभिँदै आयो । हिजो सत्तामा नभएको बेलामा, प्रतिकूल अवस्थामा होस् वा सत्तामा पुगेको बेलामा होस् । उसले यो मान्यताबाट आफूलाई कहिल्यै विचलित गराएन । मनमोहन अधिकारीले जुन सपना देख्नुभएको थियो, जुन विचार अघि सार्नुभएको थियो, जुन कार्यक्रमहरूलाई अगाडि सार्न खोज्नुभएको थियो, तिनै चिजलाई निरन्तरता दिने कोसिस एमालेले गर्दै आएको छ । एमालेलाई उसको भूमिकाबाट च्युत गराउनको लागि चौतर्फी कोसिस भइरहेको छ । यस्तो बेलामा मनमोहन अधिकारी हाम्रो अगाडि अभिभावक बनेर, प्रेरणाको स्राेत र शीतल छहारी बनेर हाम्रो अगाडि उभिनुभएको छ । हामी हाम्रा अठोट, सङ्कल्प, उद्देश्यमा समर्पित भएर लागि रहनुपर्ने जरुरी छ । भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ । एकातिर दक्षिण, पूर्व, पश्चिम १८ सय किलोमिटर सीमा जोडिएको हाम्रो छिमेकी भारत छ । सिमाना खुला छ । ऊसितका सन्धि, सम्झौताहरू हिजो जुनसुकै कालखण्डमा भएका भए पनि ती अद्यावधिक हुन सकेका छैनन् । ती यथावत् छन् । अर्कोतिर उत्तरतिर हाम्रो चीन छिमेकी मुलुक १४ सय किलोमिटर सीमा जोडिएको मुलुक छ । संयोगले, भाग्यले हिमालको पर्खाल खडा छ ।’वरिष्ठ उपाध्यक्ष पोखरेलले मनमोहन अधिकारी नेपालका कम्युनिस्ट पार्टीहरू भन्दा पनि ज्येष्ठ कम्युनिस्ट भएको बताउनु भयो । मनमोहन अधिकारी कम्युनिस्ट पार्टीहरूको अभिभावक भएको जिकिर गर्नुभयो ।
मनमोहन अधिकारीको आदर्शलाई व्यवहारमा उतार्न सके राजनीतिप्रति भरोसा बढ्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ, वैशाख १३ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्न सके राजनीतिप्रति जनताको भरोसा र विश्वास कायम गर्न ठुलो टेवा पुग्ने बताउनुभएको छ ।शनिवार ललितपुरमा मनमोहन अधिकारीको २६ औँ स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०५१ सालमा संसद्मा सबैभन्दा ठुलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी [एमाले] को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता, समावेशिताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको बताउनु भयो । उहाँले नेकपा एमालेको उक्त ऐतिहासिक नौ महिने कम्युनिस्ट सरकारले अघि सारेका आफ्नो गाउँ, आफैँ बनाऊँ, ज्येष्ठ नागरिकहरूका लागि सम्मान वृद्ध भत्ता र नौ सका कार्यक्रम, सामाजिक, आर्थिक विकासका लोकप्रिय कार्यक्रमले राष्ट्र निर्माणमा जनतालाई परिचालन गर्न सफल भएको स्मरण गर्नुभयो । उहाँले मनमोहन अधिकारीले ल्याउनुभएका यी कार्यक्रमहरूको जस अझैसम्म पनि नेकपा एमालेले पाइरहेको बताउनुभयो । मनमोहन अधिकारी जस्ता प्रगतिशील सोच, विचार भएका नेताहरूबाट प्रेरणा लिई मुलुकको आर्थिक, सामाजिक रूपान्तरणका दिशामा सबैले सक्रिय भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो । पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्न सके राजनीतिप्रति जनताको भरोसा, विश्वास र कायम गर्न ठुलो टेवा पुग्ने मेरो विश्वास छ । २०५१ सालमा संसदमा सबैभन्दा ठुलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता, समावेशिताको दृष्टिले ऐतिहासिक र अब्बल थियो । नेकपा एमालेको उक्त ऐतिहासिक नौ महिने कम्युनिस्ट सरकारले अघि सारेका आफ्नो गाउँ, आफैँ बनाऊँ, ज्येष्ठ नागरिकहरूका लागि सम्मान वृद्ध भत्ता र नौ सका कार्यक्रम, सामाजिक, आर्थिक विकासका लोकप्रिय कार्यक्रमले राष्ट्र निर्माणमा जनतालाई परिचालन गर्न सफल भएको थियो । आजको स्थितिमा उहाँ जीवित हुनुहुन्थ्यो भने गणतन्त्रको सुदृढीकरणसँगै समाजवाद उन्मुख, सामाजिक, आर्थिक प्रणालीको निर्माणमा उहाँको उल्लेखनीय योगदान हुने थियो ।’पूर्व राष्ट्रपति भण्डारीले मनमोहन अधिकारी एक राजनीतिक नेता मात्र नभई नेपाली समाजका लागि प्रेरणादायी र आदर्श व्यक्तित्व भएको बताउनुभयो ।
क्यानबेरामा नयाँ वर्ष
विश्वभरिका तमाम हिन्दुका आराध्यदेव– भगवान् पशुपतिनाथ ।