आमा (कविता)
आमाको माया धर्तीको सान हृदय छ विशाल माया र ममता सहन क्षमता लाग्दछ हिमाल !!
गाडीले ठक्करले दिएर ज्यान गुमाएका बुढाको शव साता दिनदेखि सडकमै
नेत्र शाहीजुम्ला, वैशाख १३ गते । सुर्खेतमा गाडिले ठक्कर दिएर ज्यान गुमाएका जुम्ला हिमा गाउँपालिका– ४ निवासी कालीबहादुर बुढाको शव साता दिन देखि सडकमै छ । प्रशासनले गाडी चालकलाई उन्मुक्ति दिएको भन्दै उनका आफन्तले दोषीलाई कारबाही हुनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । शव जिम्मा लिन नमानेका आफन्तहरूले निर्मम तरिकाले गाडीले ठक्कर दिएर मारेको भन्दै तत्काल दोषी उपर कारबाही हुनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रहरी प्रशासनले पीडित पक्षलाई न्याय नदिएको र उल्टै दोषीलाई उन्मुक्ति दिन खोजेको परिवारको आरोप छ । उनीहरू माग पुरा नभएसम्म शव जिम्मा नलिने भन्दै नाराबाजी सहित सडकमा टायर बालेर शुक्रवार देखि थप आन्दोलन चर्काएका छन् । गत वैशाख ७ गते बिहान कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत रेडियो नेपाल नजिकै मध्य पश्चिम यातायात प्रालिको कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको फोर्स गाडीले ठक्कर दिएर बुढाको ज्यान गएको थियो । घटना पछि ‘मध्यपश्चिम यातायात प्रालिले दादागिरी शैलीमा उल्टै थर्काउँदै माग प्रति कुनै चासो नदेखाएको आरोप छ । गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका १, का २४ वर्षीय तेज थामी मगरलाई पक्राउ कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले जानकारी दिनुभयो ।
हामी बनेका छौँ आत्मीय (कविता)
तिमी अक्षर बन म शब्द बन्ने छु, तिमी ह्रस्व बन म दीर्घ बन्ने छु
नवीन प्रयोगका यथार्थवादी कथा
कथाकार दीपक समीरको कथासङ्ग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ नेपाली साहित्यमा एउटा नवीन प्रयोगको प्रभाव निर्माण गर्ने शक्ति लिएर प्रकाशित भएको छ ।
सहिदकी आमाको रोदन: आफूलाई विपत्ति, अरूलाई सम्पत्ति
लहान नगरपालिका–४ का लक्ष्मी सहनी र डोमनी सहनीकी छोरा विजय सहनी २०६३ सालमा लहानबाट सुरु भएको मधेश आन्दोलनमा सहादत भए । सहादत भएका छोराको वियोगमा रहेका सहनी दम्पती यतिबेला बिचल्लीमा परेका छन् ।
सपनाको पदचाप [निबन्ध]
रात हरायो सपना हरायो सपनाको रङ्गीन कथा हरायो ।
‘र्याप एन्ड ड्राइभ’की संस्थापक आचार्य सम्मानित
काठमाडौँ, वैशाख १३ गते । ‘र्याप एन्ड ड्राइभ’की संस्थापक एवं युवा महिला उद्यमी रिता आचार्य सम्मानित हुनु भएको छ । उहाँलाई शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच उत्कृष्ट महिला उद्यमीको रूपमा सम्मानित गरिएको हो ।नेपाल पर्यटन बोर्डमा आयोजित ‘नवौँ नेसनल क्यापिटल अवार्ड’मा व्यावसायिक क्षेत्रमा फरक विधामा देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गरे बापत उद्यमी आचार्यलाई सो सम्मान प्रदान गरिएको थियो । कार्यक्रम मिडिया इन्टरनेसनलले आयोजक गरेको थियो । समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, विशिष्ट अतिथि बागमती प्रदेशका पूर्व मुख्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डे तथा बागमती प्रदेश सदस्य एवं पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठको हातबाट आचार्यलाई सम्मान प्रदान गरिएको थियो ।झन्डै एक दशकदेखि सवारी साधनमा प्रयोग गरिने गुणस्तरीय सामाग्री मात्र आयात गरी बिक्री वितरण एवं सेवा प्रदान गराउँदै आएको ‘र्याप एन्ड ड्राइभ’ले सवारी साधनका सौखिन घरानाहरूको मन जित्दै आइरहेको छ ।नेपालको अस्तव्यस्त सडकमा गुडिने नयाँ सवारी साधनका लागि एक रक्षकको रूपमा काम गराइने सो सेवालाई उद्यमी आचार्यले इमानदारीका साथ सयौँ सवारी धनी एवं उपभोक्ताको मन जित्दै आइरहेकी छिन ।नयाँ तथा पुराना सवारी साधनमा प्रयोग गरिने नेपालको एक मात्र गुणस्तरीय र विश्वासिलो र्यापिङ, अटो डिटेलिङ्ग,जेन्यून र्याप, पिपिएफ, डायमन्ड कोटिङ्ग गर्ने कम्पनीको रूपमा ख्याति कमाएको र छोटो समयमै उपभोक्ताको मन जित्दै आएको ‘र्याप एन्ड ड्राइभ’ ले उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राखी सेवा विस्तारको समेत योजना बनाएको संस्थाकी संस्थापक आचार्यले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘यो सम्मानले म मा थप ऊर्जा बढेको र गुणस्तरीय सेवा प्रदानमा थप प्रतिबद्धता रहनेछ र अझ च्यालेन्जिङ थपिएको छ ‘।
स्वास्थ्य सेवा बन्द हुँदा सास्ती
बागमती प्रदेश सरकार मातहतमा रहेको हेटौँडा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुँदा सर्वसाधारण मारमा परेका छन् ।
हृदयचन्द्रको ‘कलाको मूल्य’
हृदयचन्द्रसिंह प्रधान (१९७२–२०१६) ले साहित्यका प्रमुख सबै विधा आख्यान, (कथा, उपन्यास) कविता, नाटक, (एकाङ्की एवं पूर्णाङ्की, निबन्ध–समालोचना, भाषा–व्याकरण मा कलम चलाएका छन् । काठमाडौँको मरुटोलका रैथाने प्रधान बहुमुखी प्रतिभासम्पन्न उच्च मानवतावादी जनपक्षीय साहित्यकार हुन् ।
कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन
काठमाडौँ, वैशाख १३ गते । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गए राति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहनुभएका डङ्गोलको गए राति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उहाँको परिवार स्रोतले जनाएको छ । विसं २००४ सालमा काठमाडौँमा जन्मनुभएका ७७ वर्षीय उहाँ कांग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुख समेत हुनुहुन्थ्यो । नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाउनुभएका डङ्गोल विसं २०६२र६३ को जनआन्दोलनमा काठमाडौँमा कमान्डरका रूपमा खटिनुभएको थियो ।उहाँका श्रीमती हुनुहुन्छ । उहाँको नाममा स्थापित ट्रस्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकु दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भीमसेन दास प्रधानले जानकारी दिनुभयोे ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
चन्दनबारी चियाउँदै गोसाइँकुण्ड
चिसो बिहानीमा सिमसिम पानी पर्दै थियो । २०८१ साल असोज २९ गते गोसाइँकुण्डतर्फ हिँड्ने बेलामा कान्छी छोरीले भनी, “मामु छिट्टै आउनु है !”
पहिरोले घरबारविहीन बनेका क्षितिजको परिवारलाई नयाँ घर
केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय क्षितिज राईले पाँच वर्ष पहिले बुवा गुमाउनुभएको थियो । बाह्र वर्षको कलिलो उमेरका छँदा नै बुवा गुमाउनुभएका छितिजकी आमा ९४५ वर्षीया० शारदा राई शारीरिक तथा मानसिक दुवैमा कमजोर हुनुहुन्छ ।
शिक्षाद्वारा जातीय एकता सुदृढीकरण
पछिल्ला केही दशकमा, विशेष गरी दुर्गम र जातीय अल्पसङ्ख्यक क्षेत्रमा निरन्तर सुधार र लगानीमार्फत चीनले व्यापक र सन्तुलित शैक्षिक विकास हासिल गरेको छ ।
जथाभाबी खन्दा जोखिम
मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–२, को ससुरालीडाँडामा पर्यटकीय स्थल बनाउन वातावरणीय अध्ययन नै नगरी जथाभाबी खनिँदा जोखिम बढेको छ ।
साक्षर जिल्ला घोषणाको तयारी
हिमाली जिल्ला हुम्ला साक्षर जिल्लाका रूपमा घोषणा हुने भएको छ ।
खोटो सङ्कलन गर्न दिने निर्णय विवादमा
जाजरकोटको शिवालय गाउँपालिका–५ स्थित शिवालय रानीवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पर्साराम शर्माले एक निजी कम्पनीलाई खोटो सङ्कलन गर्न दिने निर्णय आफूखुसी गर्नुभएको आरोप लागेको छ ।
घिउ चल्ने, दुध नचल्ने प्रचलन कायमै
लोकतन्त्र स्थापना भएको १९ वर्ष बितिसक्दा पनि समाजमा दलित भनिएका समुदायले उत्पादन गरेको दुध अझै चल्न सकेको छैन ।
विकटका नागरिक आयोडिनको पहुँचमा
सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला दार्चुलाका नागरिक आयोडिनयुक्त नुनको सहज पहुँचमा पुगेका छन् ।
मुख्यमन्त्री शाह भारत भ्रमणमा जाने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत भ्रमणमा जाने हुनुभएको छ ।
ज्वाइँले गरे जेठी सासुको हत्या
इलामको माई नगरपालिकामा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरेका छन् । माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले सोही स्थानकी ५२ वर्षीया भूमिका चापागाईँको हत्या गरेका हुन् ।
डोम समुदायका लागि निर्मित ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
सिरहा, वैशाख १३ गते । सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलस्थित निम्न आयस्तर भएका डोम समुदायका लागि मधेस प्रदेश सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि निर्माण गरिदिएको घरहरू सतप्रतिशत प्रयोगमा आउन सकेका छैनन् । सिरहाको दक्षिणतर्फ पर्ने हुलाकी सडकले विस्थापित भएका १५ डोम परिवारलाई सरकारले दुई वर्षअघि तीन कोठे पक्की घर बनाइदिए पनि सात घरपरिवारले उक्त घर प्रयोग गरेनन् । जसले गर्दा ती घरहरूमा अहिले झार पलाएको अवस्था छ । यस ठाउँमा जम्मा १८ डोम समुदायको परिवार छ । जसमध्ये लालपुर्जा भएका १५ परिवारको जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको कार्यक्रमका प्राविधिक रवीन्द्र यादवले बताउनुभयो । “तीन घर परिवारको लालपुर्जा नभएका कारण घर बन्न सकेको छैन”, उहाँले भन्नुभयो, “पालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा उनीहरू जान नमानेपछि समस्या भएको हो । बनेका घरहरू सम्बन्धित व्यक्तिलाई दुई वर्षअघि हस्तान्तरण गरिसकिएको छ ।” उहाँका अनुसार एक घर निर्माण गर्न जनता आवास कार्यक्रमले रू तीन लाख ३२ हजार अनुदानमा उपलब्ध गराएको थियो । यो कार्यक्रम सञ्चालन गरिँदा कतिपय डोम परिवारले जमिन खोज्दै घर निर्माण गर्नुभएको थियो । आफ्ना नाममा जमिन नहुनेहरूले अर्कासँग जमिन खरिद गरी घर निर्माण गर्नुभएको थियो । यिनैमध्येका एक हुन् कैला मरिक । बाटो, बिजुली, खानेपानीको सुविधा नभएकाले बस्न नसकेको मरिकको भनाइ छ । उहाँले भन्नुभयो, “अरू सुविधामा सरकारले बेवास्ता गरेका कारण उक्त घरमा नबसेर यही झुप्रोमा बस्नुपरेको हो ।” सरकारले घरसम्म जाने बाटो, बिजुली, खानेपानीको व्यवस्था गरिदिए आफूहरू तत्कालै उक्त घरमा सर्ने उहाँले बताउनुभयो । पटकपटक उक्त घरमा सर्न आग्रह गरे पनि उनीहरू नमानेको वडाको भनाइ छ । वडा नं ३ का वडाध्यक्ष विनोदकुमार यादवले डोम परिवार बजार छोडेर वरपर जानै नमान्ने गरेको गुनासो गुर्नभयो । उहाँले भन्नुभयो, “यदी उनीहरू उक्त घरमा बस्ने सुनिश्चित भए वडाले तत्कालै बाटो, बिजुली, खानेपानीको व्यवस्था गरिदिन्छ । तर जाने निश्चित उनीहरूले गर्नुपर्छ । हामीले लगानी गरेर उनीहरू गएनन् भने वडाको लगानी पनि बालुवामा पानी सरह हुने भयो नि ।”वडाध्यक्ष यादवका अनुसार यहाँका डोम समुदाय बाँसबाट बुनेका सामग्री बनाउने र बजारमा बेच्ने हुँदा उक्त स्थान छोड्न नमान्ने प्रवृत्ति रहेको छ । हुलाकी सडक विस्तारको काम पुनः सूचारू हुँदा डोम समुदायले अहिले वसोबास गरिरहेको थातथलो पनि छोड्नुपर्ने अवस्था आउने र त्यो बेला उक्त घरहरू प्रयोगमा आउन सक्ने उहाँले बताउनुभयो । यहाँका स्थानीय जनता आवस कार्यक्रमले कतिपय घरहरू पूर्णरूपमा निर्माण नै नभई जीर्ण भएको भन्दै सरकारको लगानी बालुवामा पानीसरह भएको बताउँछन् । घर निर्माण भइसकेपछि केही डोम परिवार निकै हर्षित भए भने आधा दर्जन बढी घरहरू बेवारिसे र जीर्ण बने । यसको उपयोगिताको लागि पालिकाले ठोस पहल गर्नुपर्ने स्थानीयको माग छ ।
सुक्दै पर्यटकीय टिमुरे ताल
एक हजार ७५० मिटर अग्लो पहाडको माथिल्लो भागमा रहेको सुन्दर र रमणीय प्राकृतिक टिमुरे ताल पर्यटकीय दृष्टिकोणले निकै मनमोहक छ । यो ताल करिव तीन मिटर गहिरो र चार रोपनी क्षेत्रफलमा फैलिएको छ ।