आमाको माया धर्तीको सान हृदय छ विशाल
माया र ममता सहन क्षमता लाग्दछ हिमाल !!
निद्रामा पनि गर्दछिन् ख्याल आफ्ना ती सन्तानको
भोक र तिर्खा भुलाई दिन्छिन् दिन होस् कि रात हो !!
नौ महिना कोख पेटैमा बोकी हिँड्दछिन् हरक्षण
ज्यान भन्दा प्यारो गाह्रो साँगुरो सहन्छिन् पलपल !!
जन्माउँछिन् सही पीडा र व्यथा मृत्युसँग लडेर
देखाउँछिन् संसार पिलाउँछिन् दुध हृदयमा टाँसेर !!
दिन्छिन् नयाँ जीवन सृष्टिको नियम गर्दछिन् पालना
आमा हौँ तिमी धर्तीको उपनाम कसैसँग छैन तुलना !!
आमाको ऋण सकिन्न तिर्न धन पैसासँग दाँजेर
भगवान् स्वरूप साक्षात् रूप पुजौँ ईश्वर सम्झेर !!
धर्तीकी परी विश्व सुन्दरी कोही छैन उनको दाँजोमा
आमाको जस्तो निःस्वार्थ माया ममता हुँदैन कसैमा !!