छायाङ्कनमा ‘दुःखी आत्मा’
दयाहाङ राई र आँचल शर्मा अभिनित चलचित्र ‘दुःखी आत्मा’ को छायाङ्कन भइरहेको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको सोमबारबाट राजधानीका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । निर्देशक लामाका अनुसार चलचित्र सामाजिक व्यङ्ग्य विषयवस्तुमा आधारित रहने छ । चलचित्रलाई मनोरञ्जनात्मक र सन्देशमूलक बन्ने अपेक्षा निर्माण पक्षको छ ।
पश्चिम नेपालमा हुरीबताससहित मुसलधारे वर्षा हुने
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको बताएको छ ।
सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई प्राथमिकता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
‘लगानी सहजीकरण गर्न सरकार तत्पर’
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासका लागि आवश्यक लगानी जुटाउन सरकार सबै प्रकारको सहजीकरण गर्न तत्पर रहेको बताउनुभएको छ ।
माथिल्लो कर्णाली बन्ने आशा पलायो
माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि भारतीय दुई सरकारी कम्पनी आबद्ध हुने भएका छन् ।
पूर्वाधार विकासमा सर्वपक्षीय सहकार्य आवश्यक
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पूर्वाधार विकासलाई तीव्रता दिन सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा राजधानीमा सुरु भएको दुईदिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सहकार्यका लागि आवश्यक नीतिगत तथा अन्य सुधार गर्न सरकार तयार रहेको बताउनुभएको हो ।
नेपाली तरकारी कतार निर्यात
नेपाली किसानले उत्पादन गरेको तरकारी कतार निर्यात भएको छ । काठमाडौँ उपत्यकाका किसानले उत्पादन गरेको सो तरकारी बिहीबार कतार निर्यात भएको हो ।
नुन जस्तै अन्य वस्तुमा व्यापार विस्तार गर्न साल्टलाई आग्रह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला उपभोग्य वस्तुको भाउ नियन्त्रण गर्न बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनको दरिलो उपस्थिति हुनुपर्ने बताउनुभयो ।
विश्वविद्यालयका सभामा भाषिक त्रुटि
विश्वविद्यालयहरूका नियामक सभा वा बैठकका क्रममा ऐनको शाब्दिक अर्थ ख्याल नगरी गम्भीर भाषिक त्रुटि गर्ने गरिएको छ । अहिले विभिन्न विश्वविद्यालयका सभा भइरहेका छन् ।
मुग्लिङ–पोखरा सडकमा ढिलाइ
सरकारले यस वर्षबाट भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ ।
धार्चे पहिरोमा ज्यान गुमाउने परिवारलाई दुई लाख ५० हजार राहत
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरो परी ज्यान गुमाउने परिवारले राहत रकम पाउने भएका छन् । गोरखाको जिल्ला विपद् व्यवस्थापन कोषबाट जनही २ लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।
झापामा पूजाको प्रसाद खाँदा ८० जना बिरामी
झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर 'फुड पोइजन' हुँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ । हालसम्म शनिश्चरे नगर अस्पतालमा ७३, बीएण्डसी अस्पतालमा ४ र मनमोहन अस्पतालमा ३ जना बिरामी उपचारका लागि भर्ना भएका छन् ।
दमकमा वडा स्तरमा 'केएचडिसि' कार्यक्रम सञ्चालन
नसर्ने रोगहरूको पहिचान र उपचारका लागि दमक नगरपालिकाका हरेक वडामा 'केएचडिसि' कार्यक्रम सञ्चालन सुरु गरेको छ । यसअघि नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले केएचडिसि नेपालसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
लिखत सम्बन्धी कसुरमा वडा अध्यक्ष पक्राउ
सुनसरीको देवानगञ्ज गाउँपालिका-७ का वडा अध्यक्ष सुर्यनारायण यादव लिखत सम्बन्धी कसुरमा पक्राउ परेका छन् ।
आन्तरिक पर्यटकको गन्तव्य बन्दै लामडाँडा
ढुङ्गा र टिनले छाएको एकनासको मौलिक शैलीको घर । ढुङ्गाले छापेको बाटो दुवैतिर ढुङ्गाकै पर्खाल सामुन्ने देखिने हिमशृङ्खलाको मनोरम दृश्य अनि गुरुङ संस्कार र संस्कृतिको जीवन्त सङ्ग्रहालय । पर्यटकीय गाउँ लामडाँडाको मौलिक पहिचान बनेको छ ।
घ्याङ्फेदी आवतजावत गर्ने सडक अवरुद्ध
तादी खोलामा आएको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाउँदा एकबस्तीबाट अर्को बस्तीसँगको सम्पर्कसमेत टुटेको छ । घ्याङ्फेदी माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक प्रेम स्याङताङका अनुसार दुप्चेश्वर –७ शिखरबँेसीबाट दुप्चेश्वर – १ कुदुङस्थित घ्याङ्फेदी जाने मूल सडक खोलाले पूरै कटान गरेको छ
पर्वतका होम-स्टे पर्यटकको पर्खाइमा
वर्षा लागेसँगै आन्तरिक पर्यटकको आगमन नहुँदा सुनसान बनेका पर्वतका विभिन्न ठाउँमा सञ्चालित ‘होम–स्टे’ (घरवास) पर्यटकको पर्खाइमा छन् ।
गण्डकी प्रदेशका ११ जना प्रजातन्त्र सेनानीको सम्मान
बिपी कोइरालाको १११ औँ जन्मजयन्तीको अवसरमा बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले पोखरामा बुधबार ११ जना प्रजातन्त्र सेनानीहरूलाई सम्मान गरेको छ ।
ऐतिहासिक छोसेरको निर्फु गुम्बा पुनः निर्माण
मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक निर्फु गुम्बा पुनः निर्माण सम्पन्न भएको छ ।
मुन्धुम ट्रेलमा ११३ किलोमिटर प्रहरीको गस्ती
प्रहरीले मुन्धुम ट्रेलमा ११३ किलोमिटर लामो गस्ती गरेको छ । मुन्धुम ट्रेलमा सुरक्षा अवस्था, मुन्धुम ट्रेलमा यात्रा गर्ने पर्यटकको सुरक्षा उपाय लगायतका बारेमा जानकारी लिन जिल्ला प्रहरी कार्यालय खोटाङले ११३ किलोमिटर लामो गस्ती गरेको हो ।
कोशी प्रदेश सभाको सात संसदीय समितिको सभापति छान्ने प्रक्रिया सुरु
कोशी प्रदेश सभा अन्तर्गतका संसदीय समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ । आम निर्वाचन भएको ११ महिनापछि गत वर्षको कात्तिक २० गते संसदीय समितिहरू गठन गरिएको भए पनि अहिलेसम्म संसदीय समितिहरूको सभापति टुङ्गो लागेको थिएन ।
विमानस्थलद्वारा सुरक्षा जाँचका क्रममा खादा र माला प्रयोग नगर्न आग्रह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफूले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ ।
विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै रु. २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
धार्चेको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण
उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको छ । विनाशकारी गोरखा भुकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त स्वास्थ्य चौकीको छ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो ।