काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर
कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।
बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।
डोटीमा पहिरोमा च्यापिएर दम्पती घाइते
डोटीमा पहिरोले पुरिएर दुई जना घाइते भएका छन् । अविरल वर्षापछि गए राति घर माथिबाट खसेको पहिरोमा पुरिएर श्रीमान् - श्रीमती घाइते भएका हुन् ।
निर्माणाधीन पशुपन्छी अस्पताल अलपत्र
पशुपन्छीको उपचारमा स्तरीय सेवा दिने उद्देश्यले तनहुँमा निर्माणाधीन नमुना पशुपन्छी अस्पताल अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा तनहुँको सदरमुकाम दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँको परिसरमा बनिरहेको अस्पताल ठेकेदारले निर्माण ढिलो गर्दा अलपत्र परेको हो ।
वडा सदस्य नेपाली पदमुक्त
गुल्मीको छत्रकोट गाउँपालिकाकी एक दलित महिला सदस्य पदमुक्त हुनुभएको छ । यस गाउँपालिकाको वडा नम्बर ५, खज्र्याङको वडा सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित दलित महिला सदस्य उर्मिला आचार्य नेपाली पदमुक्त हुनुभएको हो । कांग्रेसबाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित नेपाली नेकपा (एमाले) मा प्रवेश गरेसँगै नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले पार्टी परित्याग गरेको जानकारी केन्द्रीय कार्यसमितिलाई गराएको सभापति खिलध्वज पन्थीले बताउनुभयो ।
स्थानीय सेवा गठनसम्बन्धी विधेयक पेस
लुम्बिनी प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेस भएको छ । बुधबार बसेको लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २९ औँ बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक सभामा पेस गर्नुभएको हो ।
तोकिएकै शीर्षकमा खर्च गर्न निर्देशन
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गैरसरकारी संस्थालाई जुन कामका लागि रकम आएको हो, त्यही काममा मात्र खर्च गर्न निर्देशन दिनुभएको छ । उहाँले कर्णालीको गरिबी, अशिक्षा, भौगोलिक विकटता देखाएर दातृ निकायबाट रकम ल्याएपछि नागरिकको जीवनस्तर सुधार्नका लागि रकम खर्च गर्न निर्देशन दिनुभयो ।
बढ्दै ‘स्क्रब टाइफस’ को जोखिम
सल्यानमा पहिलो पटक ‘स्क्रब टाइफस’ का बिरामी भेटिएका छन् । सल्यान अस्पतालमा उपचारका लागि आएका बिरामीमा ‘स्क्रब टाइफस’ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्ने अभियानमा महिला उद्यमी
यहाँका ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश नागरिकको भान्छामा गुन्द्रुक, किनीमा र सिस्नो तथा कोदोको ढिँडो र मकैको च्याख्ला अवश्य पाक्छ । अचेल त सहर बजारमा बसोबास गर्ने मानिसले पनि यी वस्तुको खोजी गर्न थालेका छन् । ग्रामीण भेगमा उत्पादन गरेका अर्गानिक खाद्यवस्तु तथा हस्तकलाका सामग्री सहर बजारमा खोजी हुन थालेसँगै व्यवसायीकरण गर्ने अभियान पनि सुरु भइरहेका छन् । महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राईले पहिले गरिबको भान्छामा पाक्ने खाद्यवस्तु अचेल धनि परिवारको समेत रोजाइमा पर्न थालेपछि यस्ता अभियान भइरहेका बताउनुभयो । “पहिलेपहिले गुन्द्रुक, किनी र सिस्नो तथा कोदोको ढिँडो र मकैको ठेप्ला गरिबको भान्छामा पाक्ने खानेकुरा भनेर चिनिन्थ्यो । अहिले यसको महत्व र फाइदाका बारेमा धेरैलाई जानकारी भएको छ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा उत्पादन हुने
श्रमदानबाट बन्यो ‘कल्भर्ट’
यसअघिको वर्षात्ले तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा बनाइएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी हिँड्नुपर्ने हुँदा विद्यार्थीलाई निकै जोखिम थियो ।
अध्यादेश प्रतिस्थापन विधेयक सदनमा टेबुल
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरेको छ । चालु आर्थिक वर्षका लागि नयाँ बजेट ल्याउने तयारीमा जुटेको प्रदेश सरकारले बिहीबार बसेको प्रदेश सभा बैठकमा अध्यादेश प्रतिस्थापन विधेयक टेबुल गरेको हो । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अध्यादेश प्रतिस्थापन विधेयकलाई सदनमा टेबुल गर्नुभयो । सो क्रममा उहाँले बजेट र त्यससँग सम्बन्धित ऐन कानुन पास हुन नसकेपछि उत्पन्न शून्यताको अवस्था भङ्ग गर्न र राजस्व सङ्कलन नियमित गर्न प्रदेश सरकारले अध्यादेश ल्याउनु परेको बताउनुभयो ।
कृषि क्षेत्र पहिलो प्राथमिकतामा छ
सप्तरीका १८ स्थानीय तहमध्ये विष्णुपुर गाउँपालिकामा हुलाकी सडकका साथै अन्य सडकको पनि सुविधा छ । यस गाउँपालिकाको उत्तरमा रूपनी गाउँपालिका, राजविराज न
भीमदत्त राजमार्ग अवरुद्ध
बुधबार बेलुकादेखि परेको निरन्तरका वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन् । तराईका जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएका हुन् ।
चियाका ‘गहना’ शरद
तयारी चिया उत्पादनको यो मुख्य याममा इलाम जसबिरेका शरद सुब्बालाई फरक बास्ना र फरक स्वादको चिया कसरी बनाउने भन्ने कुराले व्यस्त बनाएको छ ।
‘एसियाले विश्व खेलकुदलाई अगुवाइ गरेको छ’
एसियाली खेलकुद पत्रकारहरूको छाता सङ्गठन एआइपिएस एसियाको २५ औँ साधारण सभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । सो साधारण सभाको उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भएको एसियाली खेल पत्रकारहरूको साधारण सभाले खेल पत्रकार मात्र होइन, खेलजगत्लाई नै फाइदा पुग्ने विश्वास लिएको बताउनुभयो । यसै गरी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यो प्रतिष्ठित कङ्ग्रेसको आयोजना गर्न पाउनु नेपालका लागि गौरवको विषय हो भन्दै खेल पत्रकारिता ओलम्पिक मुभमेन्टलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने पक्ष रहेको बताउनुभयो ।
सार्वजनिक जमिन संरक्षण
केही वर्षयता मुलुकमा रहेको सार्वजनिक तथा सरकारी जग्गाजमिनको भोगचलन व्यक्तिले गर्दैआएका घटना क्रमशः बाहिर आउन थालेका छन् । एक दुई रोपनी अथवा एक दुई कट्ठा नभएर सयौँ रोपनी सरकारी जग्गामा व्यक्तिले भोगाधिकार कायम गरेका घटना प्रकाशमा आउनुले सम्बन्धित सरकारी निकायका कर्मचारीकै मिलेमतोमा यस्ता जघन्य अपराधसमेत देखिएको छ । मुलुकभरमा यस किसिमको सार्वजनिक जग्गा के कति छ र के कस्तो अवस्थामा रहेको छ भन्ने यकिन तथ्याङ्कसमेत नहुनु विडम्बना नै हो । विसं २०२१ र २०३६ मा मुलुकको जग्गाजमिनको केही भाग नापी गरिएको भए पनि अहिलेसम्म मुलुकको पूरै भूखण्ड भने नापी न
पहिरोपीडितका लागि दस लाख
बागमती प्रदेश सरकारले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१, डडुवाका पहिरोपीडितलाई राहत तथा पुनस्र्थापनका लागि राहत रकम प्रदान गर्ने भएको छ । बागमती प्रदेशको प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले पहिरोपीडितलाई लक्षित गरी तत्काल राहत तथा पुनस्र्थापनका लागि १० लाख रुपियाँ दिने निर्णय गरेको हो ।
कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी
कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ । प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने भन्ने विषय आफैँमा पेचिलो बन्दै गएको छ । यसले पूर्वाधार निर्माण र व्यवस्थापन गर्नतर्फ दबाब बढेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
खोटाङ कारागारः क्षमता ९९, कोचिए एक सय ६२ कैदीबन्दी
जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदीबन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला गरी एक सय ६२ कैदीबन्दी भएका हुन् ।
हवाइ यात्रा विहीन भोजपुर, यात्रु मारमा
भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
किन बढ्दै छ युवामा विदेश मोह ?
कलेजमा सञ्चालन भएका स्नातक तहका कार्यक्रमबारे जानकारी दिनका लागि कक्षा १२ पास भएका विद्यार्थीसँग सामूहिक तथा एकल रूपमा प्रत्यक्ष भेट्ने अवसर प्राप्त भयो । कलेजबाट भेट्ने भन्ने सूचना पाएपछि अधिकांश विद्यार्थीमा उत्साह हराएको जस्तो देखिन्थ्यो । उनीहरू उपस्थित देखिनका लागि मात्रै उपस्थित हुने गर्दथे । उनीहरूसँग देशमै बसेर पढ्ने कुनै पनि खालको भाव देखिँदैन थियो । कार्यक्रममा सहभागी भएका सबै विद्यार्थीको एउटै आवाज थियो– हामी चार वर्ष कुरेर पढ्न सक्दैनौँ, जुन देश हुन्छ विदेश नै जाने हो ।
रावायण : निकिताको भड्किलो नृत्यको आस
बितेको वर्ष चलचित्र ‘रावायण’ विवादमा पर्दा नायक अनमोल केसी पक्राउ परेका थिए । ‘आपराधिक विश्वासघात’ सम्बन्धी कसुरमा केसीलाई पक्राउ गरिएको थियो ।