गिद्ध संरक्षणमा नेपाल उत्कृष्ट
संसारभर गिद्धका २३ प्रजाति छन् । तीमध्ये नेपालमा हाडफोर, सेतो, डङ्गर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी नौ प्रजातिका गिद्ध पाइन्छ ।
मुगुमा धार्मिक मेला गुरादेब सुरु
मुगुमा गुरादेब, बिजयगुरादेब लगायतका धार्मिक मेलाहरू बिहीबारदेखि सुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्त्व राख्ने मेलाहरू कोरोनाका कारण अघिल्ला दुई वर्ष हुन सकेका थिएनन् । यस पटक मेला सुरु भएपछि जिल्लाका गाउँ बस्तीमा चहलपहल सुरु भएको छ।
पारा तेक्वान्दो ‘क्विन’ पलेशा
केही समयअघिसम्म नेपाल र ओलम्पिक/पारा ओलम्पिक पदक, यो एउटा यस्तो विरोधाभास थियो; जसलाई प्रमाणित गर्न जरुरी थिएन । किनभने हरेक ओलम्पिक/पारा ओलम्पिकमा नेपालको उपलब्धि सहभागितामा मात्र सीमित थियो । विश्व खेलकुदको ठुलो मेलामा नेपालले सहभागिताको परम्परालाई मात्र पछ्याउने गथ्र्याे ।
पाँच सय तेह्र हलगोरुको बिमा
प्रविधिको विकाससँगै गोरु लगाएर खेतबारी जोत्ने व्रmम घट्दो रहेको अवस्थामा धादिङको गजुरी गाउँपालिकाले किसानले जोत्न पालेका गोरुको एक वर्षका लागि बिमा गरिदिएको छ ।
रोचक चनढुङ्गा
काठमाडौँ उपत्यकामा कति धेरै सम्पदा तथा धरोहर छन् । धेरै हुँदा केही सम्पदा गुमनाम छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
लोड अनलोड मजदुरको गुनासो: जोखिम छ, छैन सामाजिक सुरक्षा
बसको छतमा तरकारीको बोरा लोड गर्दैगर्दा चिप्लिएर लडेर मुस्किलले बाँचेका चन्द्रबहादुर थोकरले भारी बोक्ने कामलाई अझै छाड्नुभएको छैन । बाह्र वर्षअगाडि नारायणगढको लायन्सचोकमा रहेको तरकारी तथा फलफूल मण्डीमा बसको छतमा तरकारीको बोरा लोड गर्दैगर्दा खुट्टा चिप्लिँदा घोप्टो परेर सडकमा झर्नुभ
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
बाह्र जिल्ला,एक निरीक्षक
सङ्घीयता कार्यान्वयनमा आएको सात वर्ष पुग्दासम्म लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयको वातावरण शाखामा जम्मा एकजना मात्रै वातावरण निरीक्षकले काम चलाउँदै आएका छन् ।
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासद्वारा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले उपचारमा लापर्बाही गरेको ठहर गर्दै मृतकका परिवारलाई २६ लाख १० हजार रुपियाँ क्षतिपूर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ ।
एमआरआई मेसिन सञ्चालन
प्रदेश अस्पताल सुर्खेतमा थ्री टेस्ला (६४ च्यानल) एमआरआई मेसिन सञ्चालनमा ल्याइएको छ ।
कोदो खेती गर्ने घटे, कुपोषण बढ्यो
स्थानीय तहले सस्तो लोकप्रियताका लागि पालिकामा उपप्रमुखको कोसेली कार्यक्रम लागु गरे पनि पोषणमा सुधार गर्ने कोदो खेती भने घट्दै गइरहेको छ । पालिकाले कोसेलीका नाममा सुत्केरी महिलालाई अन्डा, घिउका डब्बा र कुखुराको भाले बाँडे पनि पोषणमा सहयोग गर्ने रैथाने बाली कोदो, मादुरो, चिनो र फापर खेतीलाई प्रोत्साहन नगर्दा बालबालिकामा कुषोषण बढेको छ ।
बालबालिका संरक्षणमा राज्यको दायित्व
बालबालिका मुलुकको भविष्यका कर्णधार हुन् । त्यसैले निजहरूको हित र संरक्षण राज्यको प्रमुख दायित्व हो ।
बालबालिका माथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व: राष्ट्रपति पौडेल
बालबालिका माथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८१ को शुभकामना सन्देश दिनुहुँदै उहाँले सन्देशमा यस्तो बताउनुभएको हो ।
खोलाले बगाएर एक जनाको मृत्यु
पाल्पामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–४, गिजनचउरका ५३ वर्षीय शेरबहादुर चौहान रहनुभएको छ ।
केही प्रदेशमा भारी वर्षाको सम्भावना
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्नुपर्छ: उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले व्यवस्था गरेको बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्दै त्यसको कार्यान्वयनमा जोड दिनु आजको आवश्यकता भएको बताउनुभएको छ ।
सित्तैमा ‘छक्कापन्जा–४’ देखाइने
नयाँ बानेश्वरको एनबी सेन्टरमा रहेको आइएनआई सिनेमाजले आफ्नो स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा शनिबार चलचित्र ‘छक्कापन्जा–४’ निःशुल्क देखाउने भएको छ । शनिबारको तिनै प्रदर्शनमा जोकोहीले चलचित्र निःशुल्क हेर्न सक्ने छन् ।
‘शाम्बाला’ मा बहुपतिको कथा
मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ को प्रदर्शन सुरु भएको छ । कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपति प्रथाको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।
उत्पादन वृद्धि नगरेसम्म आपूर्ति व्यवस्थापन असम्भव
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले देशमा उत्पादन वृद्धि नभएसम्म आपूर्ति व्यवस्थापन गर्न नसकिने बताउनुभएको छ ।
अनिलले गरे छुरा प्रहार गरी प्रेमिकाको हत्या
झापाको अर्जुनधारा नगरपालिका-६ बिर्तामोड शनिश्चरे रोडस्थित महानन्द चोकमा शुक्रबार साँझ ६ बजेर ४० मिनेटमा एक युवकले लगातार छुरा प्रहार गर्दा सूर्योदय नगरपालिका-१० फिक्कल घरभई हाल बिर्तामोडमा रहँदै आएकी १९ वर्षीया मनीषा लोहारको मृत्यु भएको छ ।
औषधी उद्योगीका समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधी उद्योगीका समस्या समाधानमा आफू सकारात्मक रहेको बताउनुभएको छ ।
विदेशी अडिटरबाट लेखा परीक्षण गराउने कार्य रद्द
लेखा परीक्षण गर्ने कम्पनीको प्रस्ताव अस्वीकृत भएपछि विदेशी अडिटरबाट नेपालका १० ठुला बैङ्कको लेखा परीक्षण गराउने कार्य रद्द गरिएको छ । नेपाल राष्ट्र बैङ्कले विदेशी अडिटरबाट १० ठुला बैङ्कको लेखा परीक्षण गराउने कार्य रद्द गरेको हो । राष्ट्र बैङ्कले शुक्रबार जारी गरेको सूचनामा लेखा परीक्षण गर्न छनोट भएको भारतीय कम्पनी केपिएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज प्रालिको प्रस्ताव अस्वीकृत भएसँगै लेखा परीक्षण कार्य रद्द भएको हो ।