• ३० भदौ २०८१, आइतबार

अनिलले गरे छुरा प्रहार गरी प्रेमिकाको हत्या

blog

बिर्तामोड, भदौ २९ गते ।  झापाको अर्जुनधारा नगरपालिका-६  बिर्तामोड शनिश्चरे रोडस्थित  महानन्द चोकमा शुक्रबार साँझ ६ बजेर ४० मिनेटमा  एक युवकले लगातार छुरा प्रहार गर्दा सूर्योदय नगरपालिका-१० फिक्कल घरभई हाल बिर्तामोडमा रहँदै आएकी १९  वर्षीया मनीषा लोहारको  मृत्यु भएको  छ । 

कैलाली गौरीगङ्गा नगरपालिका-३ बस्ने २० वर्षीय अनिल विकले युवतीलाई छुरा प्रहार गरेको थियो । उहाँको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छुरा प्रहार गर्ने ती युवा पक्राउ गरेको छ । 

Author

लीलाराज खड्का