• २९ भदौ २०८१, शनिबार

खोलाले बगाएर एक जनाको मृत्यु

blog

रेखीराम राना

तानसेन, भदौ २९ गते । पाल्पामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–४, गिजनचउरका ५३ वर्षीय शेरबहादुर चौहान रहनुभएको छ । 

शुक्रवार दिउँसो माथागढी–५, शेर्काबासस्थित झुक्साखोला तर्ने क्रममा उहाँलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । 

खोलाले बगाएर बेपत्ता हुनुभएका चौहानको एक सय ५० मिटर तल शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।