उपभोक्ता ठग्नेलाई कारबाही गर्न मुख्य सचिवको निर्देशन
मुख्य सचिव एकनारायण अर्यालले चाडपर्वका बेला बजारमा कालो बजारी, कृत्रिम अभाव, मिसावट गर्ने व्यवसायीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपालले शुक्रबार आयोजना गरेको ‘बजारको सुशासनमा देखिएका चुनौती र हाम्रो दायित्व विषयक’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै मुख्य सचिव अर्यालले चाडपर्वका बेला उपभोक्ता ठग्ने जोकोहीलाई कारबाही गर्ने उपत्यका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो ।
‘आर्थिक विकासका लागि भौतिक पूर्वाधार अपरिहार्य’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाइसिएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन शुक्रबार सम्पन्न भएको छ । पाँचौँ संस्करणको नेपाल पूर्वाधार सम्मेलनको समापन समारोहमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताउनुभयो ।
गुणस्तरीय सामग्री उत्पादन गर्न सुझाव
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक रेडियोले श्रोताप्रति उत्तरदायी भएर गुणस्तरीय समाचार सामग्री उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।
धरहरा सञ्चालन गरिने
सरकारले धरहरा सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ २७ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्नुहुँदै अन्तरिम कालका लागि धरहरा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
सहकारी ठगी प्रकरण : फरार अभियुक्त फर्काउन ढिलाइ
सहकारी क्षेत्रमा देखिएको आर्थिक अपचलन तथा बचत रकम दुरुपयोग र अनियमितताको प्रताडना झन् विकराल हुँदै गएको छ ।
सिन्डिकेट खारेज गर्ने निर्णय बदर
यातायात क्षेत्रको सिन्डिकेट अन्त्य घोषणाको छ वर्षपछि सर्वोच्च अदालतले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णय नै बदर गरिदिएको छ ।
खेतीबालीसँग लोकगीतको साइनो
आज र मैले भातै र खायो तिउन त गाभाको के माया गर्थ्यौ तिमीले साइँली म जस्तो जाबाको...’ – झलकमान गन्धर्व
पाँचथर अस्पतालमा स्क्रब टाइफस र डेंगुका बिरामीको चाप
पहाडी जिल्ला पाँचथरमा स्क्रब टाइफस र डेङ्गुका बिरामी बढेका छन् ।
बालबालिकाको लागि नि:शुल्क स्वास्थ्य शिविर
धनकुटामा बालबालिकाको लागि दुई दिने नि:शुल्क स्वास्थ्य सिविर आयोजना गरिएको छ ।
नवलपुरमा एक वर्षमा ३७ किलोमिटर सडक कालोपत्र
नवलपुरमा एक वर्षको अवधिमा ३७ किलोमिटर सडक कालोपत्र भएको छ ।
संघीय निजामती सेवा ऐन तत्काल ल्याउन माग
नेपाल निजामती कर्मचारी युनियन गुल्मीले संघीय निजामती सेवा ऐन तत्काल ल्याउन माग गरेको छ ।
कर्णाली नदीको बहाव घट्याे
दिउँसोबाट पानीको बहाव घट्न थालेको चिसापानी जलमापन केन्द्रमा कार्यरत गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो ।
पर्वतमा ७० प्रतिशत बिरामीमा डेंगु सङ्क्रमण
गत साउन पहिलो सातादेखि पर्वतमा देखिएको डेंगु सङ्क्रमणबाट हालसम्म झण्डै छ सयभन्दा बढी संक्रमित भएका छन् ।
वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण
ऐरावती गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।
जुनार खेतीमा सुडे पुतलीकाे प्रकोप
जुनारमा सुडे पुतलीको प्रकोप बढेसँगै उहाँलाई चिन्ता पनि थपिएको हो ।
देउसीको रकमले सडक ढलान
गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतीका लागि कुनै निकायले चासो नदेखाएपछि यहाँको एक गाउँका बासिन्दाले देउसीभैलो खेलेरसडक ढलान गरेका छन् ।
चाडपर्व लक्षित बजार अनुगमन सुरु
सुनसरीमा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन थालेको छ ।
गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडान
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ ।
महिला पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रम
राजनीतिक तथा परराष्ट्र मामिला रिपोर्टिङमा महिला पत्रकारिताहरुको सहभागिता बढाउन मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले जनकपुरधाममा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।
नेकपा एमाले सचिवालय बैठक बस्दै
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
कर्णालीमा पानीको बहावले सतर्कता तह पार गर्याे
कर्णाली नदीमा पानीको बहाव सतर्कता तहभन्दा माथि आएको छ । अहिलेसम्म पानीको बहाव १०.४० मिटर पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । चिसापानीस्थित जल मापन केन्द्रमा कर्णाली नदीमा पानीको बहाव १० मिटरसम्म सतर्कता तह मानिन्छ । १०.८० मिटर पुगेमा खतरा मानिन्छ ।
जोखिम मोलेर खोला तर्दै सर्वसाधारण
घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत दाङको घोराही उपमहानगरपालिका १६ स्थित सर्रामा पूल नहुँदा जोखिम मोलेर सेवारखोला तर्दै सर्वसाधारण ।
डोटीमा दूध बेच्न गएकी बालिका खोलाले बगाएर बेपत्ता
डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् । जिल्लाको केआईसिंह गाउँपालिका ४ कार्कीगाँउकी महामति चन्दकी ८ वर्षीय छोरी निर्मला चन्द बेपत्ता भएकी हुन् ।
वनहराका भूमिहीनको जीवन जोखिममा
डेढ दशकदेखि वनहरा नदी नजिक त्रिपालले छाएको झोपडीमा ५४ वर्षीय तुलाराम बोहरा बस्दै आउनुभएको छ । दैनिक मजदुरी गरी उहाँले परिवारको भरणपोषण गर्दै आउनुभएको छ ।