• २९ भदौ २०८१, शनिबार

बालबालिकाको लागि नि:शुल्क स्वास्थ्य शिविर

blog

धनकुटामा आयोजना गरिएको स्वास्थ्य शिविर ।

कबिराज घिमिरे 

हिले, भदौ २८ गते । धनकुटामा बालबालिकाको लागि दुई दिने निशुल्क स्वास्थ्य सिविर आयोजना गरिएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले विराट मेडिकल कलेज विराटनगरको सहयोगमा बालबालिकाहरुका लागि निःशुल्क २ दिने स्वास्थ्य शिविर सुरु गरेको हो । 

शनिबारसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा धनकुटासहित आसपासका करिब २ सय जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिने आयोजकले लक्ष्य राखेको छ । शिविरमा बालबालिका सम्बन्धी सबै प्रकारका रोगहरुको निःशुल्क जाँच तथा निःशुल्क औषधी वितरण गरिने र सबै मानिसलाई क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्ष ईश्वर अकेला श्रेष्ठले बताउनुभयो ।

बालबालिकाहरुको स्वास्थ्य स्थिति सुधार गर्न र स्वास्थ्य सेवामा पहुँच बढाउन शिविरको आयोजना गरिएको हो । शिविरमा विराट मेडिकल कलेजका वरिष्ठ बाल रोग विशेषज्ञ प्रो. डा. हेमसागर रिमाल, क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायामाझीको टोलीले सेवा दिइरहेको छ । 

शिविरमा आएका जटिल प्रकारका विरामीलाई बिराट मेडिकल कलेजमा निशुल्क तथा विशेष छुट वा सहुलियत दरमा उपचार समेत गरिने बताइएको छ ।