मुक्तिनाथमा पर्यटक
मुस्ताङ, वैशाख १४ गते । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुस्ताङको मुक्तिनाथ मन्दिरबाट फर्किदै गरेका विदेशी पर्यटक । पछिल्लो समय मुक्तिनाथ मन्दिर र आसपासको क्षेत्र अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो छ । तस्बिरः रासस
बढ्यो गर्मी, जनजीवन प्रभावित
वैशाख लागेसँगै तराईका जिल्लामा अत्यधिक रूपमा गर्मी बढेको छ ।
मान्छे मात्रै बदलिएर केही हुँदैन, परिस्थितिसँगै कार्यशैली पनि बदलिनुपर्छ: सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, वैशाख १४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने बताउनुभएको छ ।नेपाल चलचित्र सङ्घको ५० औँ वार्षिक साधारण सभाको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिस्थिति बदलिएपछि ऐन, कानुन बदलिनुपर्ने, परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने, परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्ने बताउनु भयो । मान्छे मात्रै बदलिएर केही नहुने उहाँको जिकिर छ । उहाँले राजा महेन्द्रको पालामा बनेका कानुनका कारण विकास हुन नसकेको जिकिर गर्नुभयो । उहाँले आफूले सुरुमा विकास गर्ने र सुशासन कायम गर्ने मन्त्रालय ९गृह वा भौतिक पूर्वाधार तथा यातायात० मागेको भए पनि प्रधानमन्त्रीको आग्रह सञ्चार मन्त्रालयमा गएको बताउनु भयो । उहाँले आफूले गृह मन्त्रालयको नेतृत्व गरेर अहिलेको बेथितिहरू हटाउने चाहना प्रकट गरे पनि यस पटक पूरा हुन नसकेको बताउनु भयो । मन्त्री गुरुङले भन्नुभयो, ‘मन्त्रालय आएपछि मलाई लाग्थ्यो सुरुमा यो मन्त्रालयमा बजेट नै छैन । ६-७ अर्ब छ । मैले प्रधानमन्त्रीज्यूसँग भनेको थिएँ । मलाई की सुशासन कायम गर्ने मन्त्रालय दिनुपर्छ, कि विकास गर्ने मन्त्रालय चाहिन्छ । मैले भनेको थिएँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जुनमा डेढ खर्बभन्दा बढी बजेट छ । त्यहाँको लथालिङ्ग, भताभुङ्ग जे खालको आजको मुलुकको तस्बिर त्यहाँ देखिन्छ, त्यसलाई म सुधार र रूपान्तरण गर्न चाहन्छु । मलाई त्यो दिनुस् भनेको थिएँ । गृह मन्त्रालय दिनुस् । यो सारा बेथितिहरू जहाँ जहाँ भइरहेको छ, त्यो पहिलो चोटि सबै कुराको उद्घाटन गर्छु भनेको थिएँ । तर सरकारको प्रवक्ता पनि बन्नुपर्यो, प्रवक्ता भएको मान्छे अलि सिनियर पनि हुनुपर्यो । साना साना मान्छेलाई बनाएर भएन । तपाईँ सञ्चार मन्त्री हुनुपर्छ । त्यो पनि ठुलै क्षेत्र हो । हुन्छ भनेर मैले स्वीकारेँ । मन्त्रालयमा गइयो । त्यो मन्त्रालय कस्तो रहेछ भने अहिलेसम्म राजा महेन्द्रको कारणले चलेको मन्त्रालय रहेछ । रेडियो नेपालको कानुन २०१३ सालको, नेपाल टेलिभिजनको कानुन हेर्दा ०२६ सालको पछि ०४२ सालको । गोरखापत्रको २०१८ को, राससको २०१४÷२०१५ सालको । सबै पुरानो । नीति पुरानो । कानुन पञ्चायतको । बहुदल आयो १८ वर्ष बित्यो, गणतन्त्र आयो गणतन्त्र र बहुदल जोड्दा ३४ वर्ष भयो । ३४ वर्षसम्म एउटा नयाँ कानुन नबनेको । एउटा मात्रै कानुन ०४८ सालमा बहुदल आएपछि प्रेस काउन्सिल भन्ने संस्थाका लागि नयाँ कानुन आएको रहेछ । राजा महेन्द्रले बनाएको कानुनमा चलिरहेको छ । वीरेन्द्रले पनि होइन । धेरै जसो कानुन बनाएको महेन्द्रको पालामा छ । अनि परिवर्तन कसरी हुन्छ रु शिक्षा अनि आजको जस्तो लथालिङ्ग, भताभुङ्ग नभएर राम्रो हुन्छ रु विज्ञान र प्रविधिको धेरै विकास भइसक्यो, कानुन तदनुकल बनाउनुपर्ने की नपर्ने रु त्यहाँनेर पार्टीहरू चुकेका छन् । स्वास्थ्यको पनि त्यही हालत छ । अहिलेसम्म २०१३ सालको नेपालको प्रहरी ऐन छ, त्यहीबाट चलिरहेको छ । परिस्थिति बदलिएपछि ऐन, कानुन बदलिनुपर्छ । परिस्थिति बदलिएपछि हाम्रो कार्यशैली बदलिनुपर्छ । परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्छ । मान्छे मात्रै बदलिएर केही हुँदैन ।’सञ्चार मन्त्री गुरुङले सरकारले सामाजिक सञ्जाल, प्रयोग, सञ्चालन र नियमन विधेयक पेस गरेको बताउँदै यसबाट कोही पनि तर्सिन आवश्यक नरहेको बताउनु भयो । यसबाट कसैको पनि अभिव्यक्ति स्वतन्त्रता हनन नहुने जिकिर गर्नुभयो । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दायित्व सरकारको भएको बताउनु भयो । आफू सरकारमा आएको ९ महिनामा धेरै साइबर अपराध बढेको बताउनु भयो । उहाँले त्यसको नियन्त्रण गर्ने दायित्व सरकारको भएको र त्यससम्बन्धी विधेयकमा छलफल चलिरहेको बताउनु भयो । उहाँले आम सञ्चार ऐन, हुलाक सञ्चार ऐन संशोधन गर्न लागिरहेको बताउनुभयो । उहाँले नेपाललाई आइटी हबको रूपमा विकास गर्न सकिने बताउनुभयो । मन्त्री गुरुङले चलचित्र ऐन राष्ट्रिय सभामा आज टेबुल गरिने पनि उल्लेख गर्नुभयो ।
बौद्ध संस्कृति र कलालाई सुदृढ बनाउने अवसर
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबिचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताउनुभएको छ ।
भत्काइयो अतिक्रमण गरेर बनाइएका घरटहरा
अरनिको राजमार्गको काभ्रेपलाञ्चोक सडकखण्ड अन्तर्गत साँगादेखि धुलिखेलसम्मको सडक सीमाभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको छ । छ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक अन्तर्गत काभ्रे खण्डमा सडकको सीमा क्षेत्रभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको हो ।
बुद्धकालीन सामग्री संरक्षण
रुपन्देहीको चारपाला सामुदायिक वन क्षेत्रमा एक वर्षअघि फेला परेका बुद्धकालीन ऐतिहासिक महत्वका पुरातात्त्विक वस्तु संरक्षण गरिने भएको छ ।
चल्यो शिक्षकले राजीनामा दिने लहर
गुल्मीमा २९ जना शिक्षकले राजीनामा दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार गत साउन १ गतेदेखि हालसम्म २९ जना शिक्षकले राजीनामा दिएका छन् ।
चार लाखभन्दा बढी क्युफिट काठ कटान अनुमति
दाङमा चार लाखभन्दा बढी क्युफिट काठ कटान गरिने भएको छ ।
बालभिटा खुवाउन सुरु
बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि तनहुँमा यसै वर्षदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन थालिएको छ ।
परिवर्तित बारपाक, देखिन छाडे मौलिक घर
गोरखाको ऐतिहासिक ठाउँ बारपाकमा ढुङ्गाले छाएका एकैनासका घर देखिन छाडेका छन् । २०७२ वैशाख १२ गते गएको महाविनाशकारी महाभूकम्पका कारण बारपाकवासीले परम्परागत स्वरूपका घर गुमाउनु परेको हो ।
औलो उन्मूलनमा चुनौती
नेपालमा औलो नियन्त्रण प्रयासको सय वर्ष पुगिसकेको छ । औलो रणनीतिक योजना २०१४–२०२५ अनुसार सन् २०२५ सम्म औलोमुक्त हुने नेपालको लक्ष्य छ तर भारतसहितका देशबाट भित्रिने औलोको दर कम नहुँदा नेपालका लागि लक्ष्य हासिल गर्न कठिन देखिएको छ ।
एकै दिनमा पुग्न थाले चिठीपत्र
जिल्ला हुलाक कार्यालय म्याग्दीले हुलाक सेवालाई छिटोछरितो बनाएको छ ।
प्रदेश सरकारको कार्यसम्पादन कमजोर
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिना बिताइसकेको छ । तेस्रो त्रैमासिक अवधि सकिएको छ तर यो अवधिसम्म सरकारको कार्यसम्पादन भने कमजोर देखिएको छ ।
किरिया बसेकै अवस्थामा कार्यालयको काम
बुवाको किरियामा बस्नुभएका जुम्लाको तिला गाउँपालिकाका प्राविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले कार्यालयको काम घरबाटै गरिरहनुभएको छ ।
आफ्नै भवनबाट पालिकाको सेवा
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन भएको छ । गाउँपालिकाको वडा नं. ३ खारानेटामा निर्मित भवनको पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले उद्घाटन गर्नुभएको हो ।
राजकाँडा–धुलीकोट ओझेलमा
कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–७ मा एउटा ऐतिहासिक भग्नावशेष छ, जसलाई राजकाँडा धुलीकोट भनिन्छ । धुलीकोटबाट कर्णाली नदीलगायत सुर्खेतका गाउँ र हिमाल देखिन्छन् भने दक्षिण तराई खण्ड छर्लङ्ङ देखिन्छ ।
हराउँदै हलगोरु पाल्ने चलन
बाजुरामा पछिल्लो समय गाउँमा हलगोरु पाल्ने चलन विस्तारै हराउँदै गएको छ । यहाँका प्रत्येक किसानले खेती लगाउनका लागि घर घरमा हलगोरु पाल्ने गर्थे ।
लेक लागेर मुस्ताङमा एक तिर्थयात्रुको मृत्यु
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङमा आउनुभएका एक नेपाली तिर्थयात्रुको लेक लागेर मृत्यु भएको छ । स्याङ्जाको काली गण्डकी गाउँपालिका–२ का ७५ वर्षीय गोपीराम गाहाको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।
पार्टी एकतालाई लिएर कार्यकर्ता उत्साहित
आन्दोलन र सङ्घर्षको जगबाट उदाएको रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबिच हुन गइरहेको एकताका कारण दुवै पार्टीका नेता तथा कार्यकर्ता उत्साहित देखिएका छन् ।
‘बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले तापक्रम वृद्धि’
काठमाडौँ, वैशाख १४ गते । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । मधेस प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी र मधेस प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बागमती र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
सर्लाही, वैशाख १४ गते । जिल्ला भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म ४१ करोड बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१-८२ को चैतसम्म कुल रु ४१ करोड ७४ लाख ३३ हजार ४३३ राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिनुभयो । यस आवको नौ महिनामा चार महिनामात्र भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गरेको छ । पाँच महिना लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । भन्सारबाट हाल सङ्कलन भएको राजस्व लक्ष्यको ९५.०४ प्रतिशतमात्र हो । आवको सुरु महिना साउनमा लक्ष्यको १११.०८ प्रतिशत अर्थात् रु चार करोड ९४ लाख ४१ हजार ५५५ सङ्कलन भएको थियो । दोस्रो महिना भदौमा लक्ष्यको अत्यधिक कम ४३।७१ प्रतिशत अर्थात् रु दुई करोड १३ लाख ७५ हजार ६३८ मात्र राजस्व सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ ।यस्तै असोजमा लक्ष्यको ६७.२२ प्रतिशत अर्थात् रु दुई करोड ८० लाख ५३ हजार ८४५ राजस्व सङ्कलन भएको छभने कात्तिकमा ९०।९३ प्रतिशत रु चार करोड १८ लाख १७ हजार ६३१, मङ्सिरमा १२४.३१ प्रतिशत रु छ करोड ७२ लाख ४९ हजार २९४, पुसमा अहिलेसम्मकै धेरै १२७।३७ प्रतिशत अर्थात् रु छ करोड ७९ लाख नौ हजार ६०१ सङ्कलन भएको कार्यालयले जनाएको छ ।कार्यालयको तथ्याङ्कानुसार माघमा लक्ष्यको ११७.७५ प्रतिशत अर्थात् रु पाँच करोड ९३ लाख ४६ हजार ८२८, फागुनमा ९२.५८ प्रतिशत अर्थात् रु चार करोड ९३ लाख २९ हजार र चैतमा लक्ष्यको ७१.७८ प्रतिशत अर्थात् रु तीन करोड ६५ लाख ७१ हजार ५१० राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिनुभयो । यस वर्ष तरकारी आयात गत वर्षको भन्दा कम भएकाले राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको उहाँले बताउनुभयो ।यस भन्सार कार्यालयबाट प्लाइ निर्यात हुने गरेको छभने प्लाइ उद्योगका लागि आवश्यक सामग्री, थोरै मात्रामा धान, तरकारीलगायत सामान आयात हुँदै आएको छ ।
बजेट अधिवेशनको प्रभाव
नागरिकको मत र इच्छाले चल्ने शासकीय व्यवस्था लोकतन्त्र हो ।
लोकतन्त्रका १८ वर्ष
एक दिन कुनै जङ्गलमा बाघ र गधाको भेट हुन पुग्छ र भलाकुसारी गर्न थाल्छन् ।
शिक्षकहरू तत्काल विद्यालय फर्कनु पर्छ
शिक्षामन्त्री विद्या भट्टराईले आफ्नो पदबाट राजीनामा दिएर रघुजी पन्त नयाँ शिक्षामन्त्री नियुक्त हुँदासम्म शिक्षक महासङ्घले आफ्नो आन्दोलनलाई निरन्तरता दिएको छ ।