रोयल्टी दाखिला गर्न निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाएका इन्टरनेट सेवाप्रदायकलाई तत्काल रकम दाखिला गर्न निर्देशन दिएको छ ।
विद्युत् पूर्वाधारमा सहायता बढाउन आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा विद्युत् प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा लगानी तथा सहयता विस्तारका लागि नर्वे सरकारलाई आग्रह गर्नुभएको छ ।
वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दस प्रतिशतले वृद्धि
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना साउन र भदौमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख १७ हजार ६९ जना पुगेको छ ।
कृषिमा छ अर्बको क्षति
असोज १० र ११ गते परेको अविरल वर्षाका कारण कृषि क्षेत्रमा पाँच अर्ब ८३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
बाढीपहिरोले दसैँ बजार प्रभावित
दसैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यका बजारमा चहलपहल बढे पनि कारोबार भने बढ्न सकेको छैन । बिहीबारदेखि यस वर्षको दसैँ सुरु हुँदै छ । बजारमा सामान्य चहलपहल बढे पनि व्यवसायीमा उत्साह देखिएको छैन ।
बाटोको अवस्था हेरी टिकट काट्न आग्रह
बाढीपहिरोले राजमार्ग अवरुद्ध भई सवारी सञ्चालन सहज हुन नसकेपछि दसैँका लागि अग्रिम टिकट काट्नेमा उत्साह देखिएको छैन ।
दैवी प्रकोप उद्धार कोषमा रकम आउने क्रम जारी
प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत र पुनस्र्थापनाका लागि सहयोग गर्ने क्रम सुरु भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय गरको थियो ।
अवहेलना मुद्दाको सुनुवाइ दसैँपछि
सर्वोच्च अदालत प्रशासनका तर्फबाट दायर भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा कात्तिक १ गते सुनुवाइ हुने भएको छ ।
ग्रेड वृद्धिबाट थपिएका विद्यार्थीको पढाइमा समस्या
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण विद्यार्थीलाई कक्षा ११ को पढाइको ढोका खोल्न सञ्चालन गरिएको दोस्रो चरणको परीक्षा (ग्रेड वृद्धि) बाट उत्तीर्ण परीक्षार्थीको व्यवस्थापनमा समस्या हुने देखिएको छ ।
सार्वजनिक यातायातमा जिपिएस जडान गर्न नमान्दा ठुलो क्षति
सार्वजनिक यातायातमा जडान गर्ने भनिएको ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) सञ्चालनमा नआउँदा हालैको बाढीपहिरोबाट सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको मात्रा बढेको छ ।
विकल्प बन्न सकेन हवाई सेवा
सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने अधिकांश राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध हुँदा हवाई सेवाले त्यसको परिपूर्ति गरेको चर्चा छ तर राज्यको अर्बौं लगानीमा निर्माण भएर सञ्चालनयोग्य रहेका नौ वटा विमानस्थल प्रयोगमा नै नआउँदा त्यो विकल्पले पूर्ण रूपमा काम गर्न सकेको छैन ।
महिला, बालबालिका तथा जोखिमपूर्ण समुदायको संरक्षणमा ध्यानाकर्षण
राष्ट्रिय महिला आयोगले हालैको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानबाट पीडित महिला, बालबालिका तथा जोखिमपूर्ण समुदायको संरक्षणमा जिम्मेवार निकायको ध्यानाकर्षण गराएको छ ।
बाढीले विद्युतमा ठुलो क्षति
नेपाल विद्युत प्राधिकरण नवलपुर शाखाले असोज ११ र १२ गतेको बाढी पहिरोले विद्युतमा ठुलो क्षति पुगेको जनाएको छ।
रामेछापकाे मुख्य सडक अवरुद्ध, चरिकोट-तामाकोशी-फुलासी-मन्थली सडक विकल्पमा
गत बिहीबार, शुक्रबार र शनिबार परेको अविरल वर्षासँग आएको बाढीका कारण रामेछापको राजधानी काठमाडौँसँग सम्बन्ध टुटेको छ ।
बेमौसमी खेतीले रैथाने बालीको स्वाद फेरियो
मनाङका चार वटै पालिकामा एक दशकयता टनेलखेतीको अभ्यास हुँदै आएको छ ।
स्वास्थ्य सेवा प्रभावकारी बनाउन कर्मचारीको वृत्तिविकासमा विशेष ध्यान दिइनेछ : मुख्यमन्त्री सिंह
हेल्थ असिस्टेन्ट सङ्घ नेपालको मधेश प्रदेश समितिले स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुन नदिन अनुरोध गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।
लुम्बिनी प्रदेश : बाढीपहिराेबाट एक करोड ४३ लाख बराबरको क्षति
लुम्बिनी प्रदेशमा बितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
दानसाँघु खोलामा पक्की पुल नहुँदा वारपारमा समस्या
बाजुराको पुर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाँघु खोलामा पक्की पुल नहुँदा सवारीसाधनलाई वारपार गर्न सास्ती खेप्नु परेको छ ।
बाढीपीडित उद्धार तथा राहतमा समस्या
सङ्घीय राजधानी काठमाडौँसँग जोडिएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा बाढी पहिरोका कारण सडक सञ्जाल टुटेपछि राहत तथा उद्धारमा समस्या भएको छ ।
बाह्र लाख बढी रुपियाँको मोबाइल डिस्प्ले बरामद
वडा प्रहरी कार्यालय नेपालगन्ज, बाँकेले १२ लाखभन्दा बढी मूल्य बराबरको अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ । भन्सार छलेर ल्याएको सो डिस्प्ले वडा प्रहरीले बरामद गरेको हो ।
देवता रिसाउने डरले जीर्ण पुलबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य
अछामको पञ्चदेवल विनायक नगरपालिका ९ स्थित चन्डिका माध्यमिक विद्यालयका विद्यार्थी छात्राहरु भत्किएको झोलुङ्गे पुलको यात्रा गरेर विद्यालय जान्छन् ।
कोशी प्रदेशस्तरीय फुटसल हुँदै
नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा सङ्घ नेपाल सुन्दरहरैँचा नगर समिति मोरङको आयोजनामा विराटचोकमा कोशी प्रदेश स्तरीय युथ फुटसल टुर्नामेन्ट हुने भएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजना लागु
धरान उपमहानगरपालिका लगायत कोशी प्रदेशभरी चाडपर्व लक्षित सुरक्षा योजना भईरहेको कोशी प्रदेशका प्रहरी वरिष्ठ उपरिक्षक भीम बहादुर दाहालले बताउनुभयो ।
बिपी राजमार्ग : बाढीपहिरोले दुई अर्बभन्दा बढीको क्षति
अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले अवरुद्ध बनाएको बिपी राजमार्गमा अड्किएका सवारीसाधन पास गर्न तथा यातायात सेवा सुचारु गराउन काभ्रेपलाञ्चोकको भकुण्डेबेशी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मतको काम गरिने भएको छ ।