• १५ असोज २०८१, मङ्गलबार

चाडपर्व लक्षित सुरक्षा योजना लागु

blog

निशा राई

धरान, असोज १५ गते । धरान उपमहानगरपालिका लगायत कोशी प्रदेशभरी चाडपर्व लक्षित सुरक्षा योजना भईरहेको कोशी प्रदेशका प्रहरी वरिष्ठ उपरिक्षक भीम बहादुर दाहालले बताउनुभयो । 

चाडपर्व लक्षित काम कारबाहीबारे सूचना दिन आयोजना गरिएको छलफल कार्यक्रममा चाडपर्वमा हुनसक्ने चोरी, पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झै–झगडा, सवारी दुर्घटना, कालोबजारी, खाद्य पदार्थको कृतिम अभाव तथा पटाकाहरु जस्ता अपराधजन्य कार्यहरु न्यूनीकरण गर्न सुरक्षाको लागी कोशी प्रदेशमा मात्र करिव दश हजार सुरक्षाकर्मीहरु तैनाथ रहने बताइएको छ ।

“हाल बाढीले आएको विपदमा कोशी प्रदेशभरि मात्र करिव एक हजार ९४ जना प्रहरीहरु दिनरात, भोक तिर्खा नभनी खटिरहेका छन्,” उहाँले भन्नुभयो । चाडवाड लगायत अन्य समयमा पनि शान्ती सुरक्षाको लागि प्रहरीबाट मात्र नभएर सबैले मिलेर गरे शान्ती हुने र कहीँकेही भए समयमा सूचना जानकारी दिएमा तत्काल सम्बोधन गर्ने बरिष्ठ उपरिक्षक दाहालले बताउनुभयो । 

सचेत नागरिक भई चाडपर्व मनाउन कोशी प्रदेशको सांसद रमेश बस्नेतले बताउनुभयो । पछिल्लो समय देखावटी र भड्किलो चाडपर्व मनाउन थालिएकोले विभिन्न समस्याहरु आउने हुनाले सबैले मिलेर समस्या न्यूनीकरण गर्न आग्रह गर्दै चाडपर्वलाई सभ्य भई सबै नागरिकले मनाउन उहाँले शुभकामना दिनुभयो । 

चाडवाडमा जुवातास, डाईस, लगायतको भिडभाड निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो । यसरी कहीँकतै जुवातास होहल्ला गरेको देखेमा असल नागरिक भई तुरुन्त खबर गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा धरान उपमहानगरपालिकाको पूर्व नगर प्रमुख तिलक राई, सुनसरीका एसपी सुमन तिम्सिना, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख बिरेन्द्र सिंह थापा, जनता समावादी पार्टी धरानका सभापति ताजुब लिम्बु, नेकपा एमालेका हर्कजंग एभेङ, उद्याेग वाणिज्य संघको अध्यक्ष विजय श्रेष्ठ लगायत विभिन्न संघसंस्था तथा राजनीतिक दलहरुको प्रतिनिधीहरुको उपस्थिति थियो ।