खोलाले बगाउँदा एकको मृत्यु
हेटौँडा–१० मा राप्तीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
‘बजार अनुगमन प्रभावकारी भएन’
राष्ट्रिय सभाका सदस्य र उपभोक्ता अधिकारकर्मीले उपभोक्ता ठगिने क्रम रोक्न बजार अनुगमन प्रणालीलाई नियमित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ ।
एनसिबी र राहदानी विभागबिच समझदारी
अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्युरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबीच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।
कटौती भएको प्राविधिक सचिवको पद थप गर्न मन्त्रीसमक्ष माग
विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् ।
कैलाली भन्सारद्वारा सात अर्ब राजस्व सङ्कलन
कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा सात अर्ब ९१ करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयलाई गत आवमा एघार अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य दिइएको थियो ।
‘कुन मल र कति मात्रामा प्रयोग गर्ने भन्ने किसानलाई जानकारी छैन’
कैलालीका किसानले धान उत्पादन वृद्धिका लागि धानबालीमा मलखाद प्रयोग बढाउन थालेका छन् ।
राना समुदायमा ‘सावनको डोला’को रौनक
कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायमा ‘सावनको डोला’को रौनक सुरु भएको । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् ।
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा रोपियो फलफूलका बिरुवा
गोरखाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणको लागि नगर क्षेत्र भित्रका सामुदायिक वन तथा खाली जमिनमा फलफूलका बिरुवा रोप्न सुरु गरेको छ ।
पञ्चमुलमा निःशुल्क भिडियो एक्स-रे सेवा
आँधीखोला गाउँपालिका–१ मा रहेको पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गरिएको छ ।
फरार नक्कली परीक्षार्थी पक्राउ
लोक सेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी आरोपी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
बङ्गलादेशमा निषेधाज्ञा आदेश खुकुलो पारियो
बङ्गलादेशमा बिहीबार राष्ट्रव्यापी निषेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको बिरोध कार्यक्रममा क्रमिक सुस्तता आएसँगै निशेधाज्ञा आदेशलाई खुकुलो पारिएको हो ।
आँधीबाट ताइवानमा बाढी, फिलिपिन्समा २२ को मृत्यु
ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी आएको छ । आँधीका कारण पहिरोसमेत गएको छ । आँधीले घर र पसलमा क्षति पुगेको छ । आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ । फिलिपिन्समा बाढी र पहिरोबाट २२ जनाको मृत्यु भएको छ ।
सडक स्तरोन्नति सुरु भएसँगै कोदारवासी खुसी
भोजपुर नगरपालिका–७ कोदारले सडकको स्तरोन्नतिमा प्राथमिकता दिएसँगै स्थानीयलाई सहजता भएको छ । विगतमा हिलाम्य हुने सडकको स्तरोन्नति गर्न वडाले काम थालनी गरेपछि स्थानीयलाई सहजता भएको हो ।
नेपालगन्ज नाकाबाट ७५ करोड बढीको जडीबुटी निकासी
नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/०८१ मा ७५ करोड भन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घले विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि गत आर्थिक वर्षमा ७५ यो नाकाबाट करोडको जडीबुटी निकासी भएको हो।
कम्बोडियाली विपक्षी नेतालाई १५ लाख डलर जरिवाना
कम्बोडियाको एक अदालतले सत्तारुढ दललाई बदनाम गरेको आरोपमा बिहीबार त्यहाँका विपक्षी नेतालाई करिब १५ लाख अमेरिकी डलर जरिवाना गरेको छ ।
इजरायली सेनाद्वारा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला
इजरायली सेनाले बिहीबार अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ ।
बेहोसपछि पुरुषको मृत्यु
पश्चिम मकवानपुरको मनहरी–८, ज्यामिरेमा बुधवार एक पुरुषको बेहोस भएपछि केही बेरमा मृत्यु भएको छ ।अन्दाजी ५३ वर्षीय मदन दमाई बेहोस भएपछि उहाँको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दाउरा खोज्न गएका किशोर बेपत्ता
बाँकेको डुडुवा –२ रामनगरका एक किशोर गत १८ दिनदेखि बेपत्ता छन् । १८ दिनअघि असार २३ गते राप्ती नदीमा बाढी आएका बेला सतिघाटमा छिमेकीसँग दाउरा लिन गएका १५ बर्षीय किशोर रामु केवट घर नफर्किएरको उनका बुवा राम जियावन केवटले बताउनुभयो ।
वर्षौँदेखि पिउने पानीको आशामा पुरुण्डीवासी
बेनी नगरपालिका-५ पुरुण्डी गाउँमा वर्षौँदेखि पिउने पानीको समस्या छ । दशदेखि १५ घरधुरीको बिचमा रहेका पानीका धारामा मुस्किलले दैनिक एक देखि दुईघण्टा मात्र पानी आउँछ ।
बेवारिसे शव फेला
पूर्वी मकवानपुरको बागमती गाउँपालिका–५ बगेरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु
कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो ।
नर्सरी व्यवसायमा धामी परिवारका तीन दशक
शुक्लाफाँटा नगरपालिका–७ जुडका प्रतापसिंह धामी तीन दशकदेखि नर्सरी व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँका दाजु पानसिंह र भतिज रुपसिंह धामीको पनि छुट्टै नर्सरी छ । उहाँहरूका नर्सरीमा फलफूल, काठ र घर सजावटमा प्रयोग हुने सबै प्रकारका बिरुवा पाइन्छन् ।
सातदोबाटे – पन्थिनी – गाईखुर सडक सुचारु
गोरखामा अविरल वर्षाका कारण सातदोबाटे – पन्थिनी – गाईखुर सडक खण्ड १ महिना पछि सुचारु भएको छ । असारको पहिलो हप्ता देखि परेको अविरल वर्षाका कारण सातदोबाटे – पन्थिनी – गाईखुर सडक खण्डको चाँपपानी, बाघडाडा र पन्थिनीमा ठुलो पहिरोले ढुङगा माटो सहितको पहिरो गएपछि बुधवार पालुङटार नगरपालिकाको सहयोगमा पहिरो पन्छाएर सडक सुचारु गरिएको हो ।