• १२ साउन २०८१, शनिबार

बेवारिसे शव फेला

blog

अनिल पराजुली

हेटौँडा, साउन १० गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–५ बगेरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । बागमती खोलाको बिच बगरमा खोलाले बगाएर ल्याएको अवस्थामा अन्दाजी २५ वर्षीय पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको हो । 

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शव करिब ५ दिन पहिलाको जस्तो देखिएको, शरीर सबै फुलेको घोप्टो अवस्थामा फेला परेको हो । आवश्यक मुचुल्का पश्चात् शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको छ ।