विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचोः मन्त्री राणा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ (एएमआर)सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न आग्रह गर्नुभएको छ ।
मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच आज भेटवार्ता भएको छ ।
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
शुक्रबार र शनिबार रात्रिबस नचलाउन आग्रह
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।
प्रहरी पेट्रोल पम्पसम्बन्धी रिटमा कारण देखाऊ आदेश
जिल्ला प्रशासन कार्यालय कास्कीसँगै जोडिएको जग्गामा पेट्रोल पम्प निर्माण रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पोखराले बिहीबार कारण देखाऊ आदेश जारी गरेको छ ।
ट्रक दुर्घटनामा चालकको मृत्यु
अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–५ स्थित ३७ किलोमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित भएकाले यसको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
मेची राजमार्गको भञ्ज्याङ-राजदुवाली खण्डमा जोखिम कायमै
गए रातिदेखि निरन्तर वर्षा हुन थालेपछि इलामको माइखोला राजदुवाली माथिको सडक खण्डमा जोखिम बढेको छ ।
विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो
देशभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ९२ अर्ब २२ करोड पुगेको हो । यो विवरण गत साउन मसान्तसम्मको हो ।
जनतालाई उत्पादनसँग जोड्न सके समृद्धिको लक्ष्य हासिल हुन्छ : मन्त्री काफ्ले
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुने बताउनुभएको छ ।
मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु
बाँकेको राप्तीसोनारी-४ धामपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
द्वन्द्वपीडित परिवार सूचीकृत हुन नसक्दा सेवा सुविधाबाट वञ्चित
द्वन्द्वपीडित परिवारले जिल्ला प्रशासनमा सूचीकृत हुन नसक्दा सरकारबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताएका छन् ।
न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा न्युयोर्क आउनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित द्विपक्षीय तथा बहुपक्षीय भेटघाटमा व्यस्त हुनुहुन्छ ।
ढोरपाटन– सिकार र पर्या–पर्यटनको आधार
ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ ।
पोखरा महानगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गर्दै
पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्नेमा बताउनुभएको छ ।
गाउँमा मिल, सहरमा परम्परागत पानीघट्ट !
पूर्वाधार विकास, सबैखाले सुविधा र आधुनिक जीवनशैली सहरको पहिचान हो भन्दा फरक नपर्ला । फेरिएको जीवनशैली, सम्पन्नता र आधुनिकतासँग परम्परागत संस्कार एवं मौलिक अभ्यासहरु करिब अलग्गिएका नै हुन्छन् । सहरमा नवीन सोच, प्रविधि र शैली प्रयोग हुँदै जाँदा गाउँले आफ्नै मौलिकता अङ्गालेको देखिन्छ ।
बुकीमा चरेका च्याङ्ग्राको माग उच्च
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आउनुभएको छ ।
मर्मत नगर्दै सडकमा सवारीसाधन
जिल्लाका ग्रामीण सडक मर्मत नगरिए पनि यातायात व्यवसायीले जोखिम मोलेर यातायातका साधन सञ्चालन गर्न थालेका छन् ।
जी–२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्रीको आग्रह: ‘एलडीसी’ लाई सहयोग बढाउनु
परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशहरूलाई आग्रह गर्नुभएको छ ।
‘हेलो गर्भवती आमा’ कार्यक्रम
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ‘हेलो गर्भवती आमा’ कार्यक्रम सुरु गरेको छ ।
पहिरोबाट निस्किए चमकदार ढुङ्गा
पुर्चौडी नगरपालिकास्थित लामुनीको पहिरोबाट सिसा जस्ता चमकदार, पारदर्शी डल्ला निस्कन थालेका छन् ।