आजको मौसमः भारी वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।
भैरहवा र पोखरामा उडानका लागि आग्रह
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीनका विभिन्न सहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा विस्तारका लागि सहयोग गर्न चीनसँग आग्रह गर्नुभएको छ ।
निर्यातभन्दा बढीको इन्धन आयात
चालु आर्थिक वर्षको दुई महिनामा निर्यातभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।
कृषि तथा विद्युत् उत्पादनले नेपालको अर्थतन्त्रमा सुधार
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सुधार आउने एसियाली विकास बैङ्क (एडिबी) ले प्रक्षेपण गरेको छ ।
निगमले पाँच ठाउँबाट टिकट बिक्री गर्ने
नेपाल वायुसेवा निगमले काठमाडौँसहित पाँच स्थानबाट अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने भएको छ ।
फेरियो मूल्यवृद्धि मापनको सूची
नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क निर्धारणको आधार वर्ष परिवर्तन गरेको छ ।
अर्बुद उपचारमा अग्रणी बन्दै सरकारी अस्पताल
अर्बुद रोग अर्थात् क्यान्सरको उपचार सेवा नेपालमा संस्थागत रूपमा सुरु भएको २५ वर्ष पुग्दै गर्दा यसको उपचार पद्धतिमा नवीन रूपान्तरण आरम्भ भएको छ ।
परराष्ट्रमन्त्री राणा र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन यहाँ आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गर्नुभएको छ ।
हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला पनि सहभागी हुनुभएको छ ।
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताउनुएको छ । उहाँले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताउनुभयो ।
गोरखाको सामागाउँमा हेलिप्याडमा ढुङ्गा थुपारेर अवरोध
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा रहेको हेलिप्याडमा ढुङ्गा र निलो झण्डा गाडेर सामागाउँका स्थानीयवासीले हेलिकप्टर ल्याण्ड गर्न नदिएर अवरोध गरेका छन् ।
शुभकालिकाको एक वर्षको बेरुजु छ करोड ७२ लाख
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाले एक वर्षमा छ करोड बेरुजु निकालेको पाइएको छ ।
सुधारगृहको रुपमा विकास हुँदै गुल्मी कारागार
कारागार कार्यालय गुल्मीलाई सुधारगृहको रुपमा विकास गर्न थालिएको छ ।
पोखरीमा डुबेर बेपत्ता बालिकाको शव फेला
धनुषाको धनुषाधाममा पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ
सिंजा सभ्यताको संरक्षण र रेशमी मार्गको पुन:स्थापना गरिनुपर्छ : मन्त्री भण्डारी
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सिंजा सभ्यताकाको संरक्षणसहित तत्कालिन खस साम्राज्य सिंजासँग जोडिएको उत्तर दक्षिणको रेशमी मार्गको खोजी गर्नुपर्ने बताउनुभएकाे छ ।
घुस लिने र दिने दुवै अख्तियारको नियन्त्रणमा
झापा बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
‘विदेशको तुलनामा आथ्रोस्कोपी सर्जरी यहाँ सस्तो छ’
आथ्राेस्कोपी सर्जरी भनेको दूरबिन पद्धतिबाट विभिन्न जोर्नीको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्धति हो । सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच गर्ने र जाँच गर्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई आथ्राेस्कोपी भनिन्छ ।
किसानलाई जैविक मल उत्पादन गर्न सिकाउँदै राप्तीसोनारी
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाका किसानलाई लक्षित गरी झोल मल तथा जैविक मल सम्बन्धी तालिम दिन सुरु गरेको छ ।
अनलाइनबाट नागरिकताको सिफारिस
इलामका दुई नगरपालिकामा अनलाइनबाट नागरिकताको सिफारिस दिन थालिएको छ ।
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ ।
सार्वजनिक जग्गामा बनेको लायन्स भवनमा डोजर
सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको नारायणगढको लायन्स क्लबको पाँच तले भवन भत्काइएको छ । नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङगी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो ।
चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते हुनुभएको छ । चट्याङ लागेर गम्भीर घाइते हुनुभएका घोराही उपमहानगरपालिका –११ खुङ्कोट निवासी तीन बर्षीय बालक समिर साहुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
एसईई मौका परीक्षामा नौ सयभन्दा बढी उत्तीर्ण
माध्यमिक शिक्षा परिक्षा (एसईई) को मौका परीक्षामा ८९.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।