• १२ साउन २०८१, शनिबार

बेहोसपछि पुरुषको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, साउन १० गते । पश्चिम मकवानपुरको मनहरी–८, ज्यामिरेमा बुधवार एक पुरुषको बेहोस भएपछि केही बेरमा मृत्यु भएको छ ।अन्दाजी ५३ वर्षीय मदन दमाई बेहोस भएपछि उहाँको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । 

मदन  बुधवार बेलुका निर्मल बस्तीस्थित राजकुमार कामीको घरमा श्रीमती बिरामी भई झारफुक गराउन जानुभएको थियो । 

झारफुक पश्चात् ना. २ ह ३१३ नम्बरको अटोमा घर फर्कनेक्रममा अटोमै बेहोस भई उपचारका लागि मनहरी अस्पताल ल्याइएकोमा उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।