जलेर दिदीभाइ घाइते
पेट्रोलबाट शरीरमा आगो सल्किदा २ जना बालबालिका घाइते भएका छन् ।
‘म्यान अफ दि इयर २०२४’ को उपाधि न्यूरेलाई
पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दि इयर नेपाल २०२४’को पहिलो संस्करणको उपाधि कृष्ण न्यूरेले जित्नुभएको छ ।
विपन्न परिवारलाई खाद्यान्न वितरण
झापाको दमक नगरपालिकाले अति विपन्न तीन सय घरपरिवारलाई दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको छ ।
नहरमा ट्याक्टर खस्दा बालकको मृत्यु, तीन घाइते
सर्लाहीको मलङ्गवा नगरपालिका–७, मुसैलीमा बिहीबार बिहान ट्याक्टर खस्दा नहरमा माछा मारिरहेका एक बालकको मृत्यु भएको छ ।
कौडीको मूल्यमा भाडामा दिइएको पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता
भगवान् पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्री पशुपतिनाथ अमाल कोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको हो ।
हनुमानढोकाको दसैँघरमा राखियो जमरा (फोटो फिचर)
काठमाडौँ, असोज १७ गते । नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको छ । यस अवसरमा बिहीबार वसन्तपुरमा रहेको दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको छ । बिहान ९ः१६ मिनेटको शुभ साइतमा दसैँ घरमा जमरा राखिएको हो ।त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो ।दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै, धानको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरूप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दुर्गा भगवतीको प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ ।
टहरामा पढ्दै विद्यार्थी
बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका-२ स्थित जुबमा रहेको मष्टादेउ आधारभूत विद्यालयमा भवनको अभावमा कक्षा २ र ३ का विद्यार्थीलाई टहरामा पढाइँदै ।
राष्ट्रपतिद्वारा घटस्थापना गरी जमरा राख्नु भयो
हिन्दुहरूको पर्व दसैँ २०८१ का अवसरमा पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा वैदिक विधिपूर्वक पूजा अर्चना गरी घटस्थापनासहित जमरा राख्नु भएको छ । आजदेखि दसैँ सुरु भएसँगै नवरात्र अर्थात् घटस्थापना आरम्भ भएको छ ।
मृत्युको बाटो (कथा)
मैले आज बाको अनुहार राम्ररी नियालेँ । बाको अनुहारलाई मै
सत्यका भ्रान्तिहरू (नाटक)
खुला तर व्यस्त सडक । एक मानिस मेचमा बसेका छन् । उनले आँखामा कालो चस्मा लगाएका छन् भने नजिकै एउटा सेतो लट्ठी पनि राखिएको छ । साथैमा एउटा सानो स्पिकर पनि छ । मानिसले दायाँ हातमा
सिमसार क्षेत्रका रूपमा विकास गरिँदै बाह्र बिघा पोखरी
रुपन्देहीको सैनामैना नगरपालिका–४ मा रहेको बाह्र बिघा पोखरीलाई सिमसार क्षेत्रका रूपमा विकास गरिने भएको छ । पोखरीको क्षेत्रफल १२ बिघा रहेकाले यसको नाम नै ‘बाह्र बिघा पोखरी’ राखिएको छ ।
क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप गाउँपालिका–९मा जोडिएको क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिम मोलेर यात्रा गदैँ रामेछापबासी ।
कालिकोटको सडक कालोपत्रे: चार वर्षमा ३५ प्रतिशत मात्र काम
कालीकोटको रास्कोट नगरपालिकाको मूल सडक कालोपत्रे चार वर्ष बित्दा समेत आधा पनि काम हुन सकेको छैन । निर्माण सम्झौताको चार वर्ष बित्नै लाग्दा समेत ३५ प्रतिशत मात्र काम भएको छ ।
कति सम्झाऊँ चमेलीलाई (कविता)
हिजोआज श्रीमतीले मन दुख्ने कुरा गर्न छाडिसकिन् म देख्दै छु
राप्ती नदीमा तटबन्ध निर्माण सुस्त
वर्षाको समयमा राप्ती नदीले गर्ने कटान र डुबानबाट बस्तीलाई सुरक्षित गर्ने गरी सुरु भएको तटबन्ध निर्माणको काम सुस्त छ । तटबन्धको काम २१ महिनामा ४० प्रतिशत मात्रै भएको छ ।
बुधबारको सूर्यास्त
दाङको घोराही उपमहानगरपालिका १५ स्थित न्युरोडबाट बुधबार देखिएको सूर्यास्तको दृश्य ।
गाउँमै रमाउने वातावरण बनाउँछौँ
बिहादी गाउँपालिका गण्डकी प्रदेशस्थित पर्वत जिल्लाको दक्षिण भागमा पर्छ । नेपाल सरकारले स्थानीय तहको घोषणा गरेसँगै साबिक छ वटा गाविस बाच्छा, बर्राचौर, रानीपानी, बहाकीठाँटी, उरामपोखरा, शा
नदीले बगाएर पुलमा काम गर्ने मजदुर बेपत्ता
नदीले बगाउँदा तनहुँमा निर्माणाधीन एक पुलमा काम गर्ने मजदुर बेपत्ता भएका छन् । बर्दिया निवासी वर्ष १९ को नवीन चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
चाडबाडलक्षित विशेष सुरक्षा परिचालन
नजिकिँदो चाडबाडलाई लक्षित गरी महोत्तरीमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको महोत्तरी प्रशासनले जनाएको छ । दसैँसँगै तिहार लगत्तै छठ जस्ता प्रमुख पर्व नजिकिँदै गएकाले जिल्लाभर सुरक्षा सतर्कता
खोलाले बगाएर दुई जनाको मृत्यु
मकवानपुरमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मनहरी र मकवानपुरगढी गाउँपालिकामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो ।
नेपाल–बङ्गलादेशबिच ऊर्जा व्यापार सम्झौता आज
नेपाल र बङ्गलादेशबिच ऊर्जा व्यापार सम्झौता हुन लागेको छ । आज (बिहीबार) एक कार्यक्रमकाबिच दुई देशबिच ऊर्जा सम्झौता हुन लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
मनाइयो राष्ट्रिय दिवस
गणतन्त्र कोरियाको राष्ट्रिय दिवसमा राजधानीमा सांस्कृतिक कार्यव्रmम प्रस्तुत गरिएको छ । गणतन्त्र कोरियाली दूतावासद्वारा आयोजित कार्यव्रmममा कोरियाली परिकारसहित सांस्कृतिक विविध मनोरञ्जन प्रस्तुत गरिएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा