• १९ असोज २०८१, शनिबार

मनाइयो राष्ट्रिय दिवस

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १७ गते  । गणतन्त्र कोरियाको राष्ट्रिय दिवसमा राजधानीमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । गणतन्त्र कोरियाली दूतावासद्वारा आयोजित कार्यक्रममा कोरियाली परिकारसहित सांस्कृतिक विविध मनोरञ्जन प्रस्तुत गरिएको थियो ।

गणतन्त्र कोरियाको राष्ट्रिय दिवस–२०८१ को महŒवपूर्ण अवसरमा गणतन्त्र कोरियाली दूतावासले मङ्गलबार बृहत् रिसेप्सन कार्यव्रmम आयोजना गरेको हो । सोल्टी होटलमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थिति थियो । 

नेपाल र कोरियाबिच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । सो सम्बन्धको  ५० औँ वर्षगाँठ पुगेको महŒवपूर्ण वर्षसमेत हो । यसबिचमा दुई देशबिच आपसी सहयोग र सद्भावमा विस्तार हुँदै गएको छ ।