• ९ मंसिर २०८१, आइतबार

राष्ट्रपतिद्वारा घटस्थापना गरी जमरा राख्नु भयो

blog

काठमाडौँ, असोज १७ गते । हिन्दुहरूको पर्व दसैँ २०८१ का अवसरमा  पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा वैदिक विधिपूर्वक पूजा अर्चना गरी घटस्थापनासहित जमरा राख्नु भएको छ । आजदेखि दसैँ सुरु भएसँगै नवरात्र अर्थात् घटस्थापना आरम्भ भएको छ । 

घटस्थापनाको साइत ९ः१६ बजे रहेको जनाएको छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले रासलाई जानकारी दिनुभयो ।