• १९ असोज २०८१, शनिबार

‘म्यान अफ दि इयर २०२४’ को उपाधि न्यूरेलाई

blog

काठमाडौँ, असाेज १७ गते । पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दि इयर नेपाल २०२४’को पहिलो संस्करणको उपाधि कृष्ण न्यूरेले जित्नुभएको छ । रुपन्देहीका न्यूरेले यो जितसँगै थाइल्यान्डमा आयोजना हुने ग्लोबल प्रतिस्पर्धामा सहभागी हुने मौका प्राप्त गर्नुभएको छ ।

उहाँले ७ लाख रुपियाँ नगद र ट्रफी पनि प्राप्त गर्नुभएको छ । विजेतालाई कार्यक्रमका व्यावसायिक दूत तथा निर्णायक समेत रहेका अभिनेता अनुपविक्रम शाही, फेसन कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, कार्यक्रम निर्देशक संसद् शाह र कार्यकारी निर्देशक स्वीकृति प्याकुरेल, निर्णायकद्वय राजभाइ सुवाल र करण वैधले पुरस्कारसहित ट्रफी प्रदान गर्नुभयो । फिनालेमा 'म्यान अफ दि इयर'को उपाधि उत्सव श्रेष्ठले जित्नुभएको छ । 

यस्तै, 'माइण्डफूल म्यान अफ दि इयर'को उपाधि प्रवीण आचार्यले पाउँदा 'मोडर्न म्यान अफ दि इयर' अभिमन्यु खड्का, 'मास्टरली म्यान अफ दि इयर' अनमोल भण्डारी र 'म्यानली म्यान अफ दि इयर'को उपाधि विजेता बनेका कृष्ण न्युरेले नै हात पार्नुभएको छ ।

उत्कृष्ट २० मध्येको सहविधामा 'मस्ट ट्यालेन्ट' प्रवेश डंगोल, 'पब्लिक च्वाइस्' अनमोल भण्डारी, 'मस्ट फोटोजेनिक' ऋतिक श्रेष्ठ र वेस्ट वाकको विधामा ईश्वर छत्कुली उत्कृष्ट घोषित हुनुभएको छ । अडिसनबाट छनोट १०० भन्दा बढी सहभागीमध्ये अन्तिम स्पर्धामा चुनिएकाबिच आयोजक संस्था यु क्यान फ्लाई फेसन प्रालिले फाइनल राउण्डबाट विजेता टुङ्गो लगाएको हो ।