• ११ मंसिर २०८१, मङ्गलबार

यात्रुका लागि सहायता कक्ष

blog

गुणबहादुर रोका 

सुलीकोट, असोज १७ गते । चाडपर्वलाई लक्षित गर्दे आज घटस्थापनादेखि गोरखा सदरमुकामको मुख्यचोक हरमटारीमा यात्रु सहयता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय गोरखा, जिल्ला ट्राफिक कार्यालय गोरखा र यातायात व्यवसायी सङ्घको संयुक्त पहलमा यात्रु सहयता कक्ष सञ्चालनमा ल्याइएको हो । 

सहायता कक्षले अप्ठ्यारोमा परेका यात्रुलाई सहयोग गर्ने तथा यात्रुलाई ठगिनबाट जोगाउने काम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिव प्रसाद पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार सहायता कक्षको शुभारम्भ गर्दै गोरखाका प्रहरी प्रमुख वासुदेव पाठकले गन्तव्यमा हिँडेका यात्रुलाई ठगीनबाट यस सहायता कक्षले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै सोहि कार्यक्रममा गोरखा दरौदी यातायात कम्पनी प्रालिका अध्यक्ष नारायण खत्रीले यातायात व्यवसायी, यातायात मजदुर सहयात कक्षमा रहेका प्रहरी र ट्राफिक प्रहरीको सहयोगले यात्रु ठगिनबाट बच्ने बताउनुभयो । 

गोरखामा यात्रु सहायता कक्ष छठ पर्वसम्म रहने जिल्ला ट्राफिक प्रहरी प्रमुख पाठकको भनाइ छ ।