• ३० असोज २०८१, बुधबार

गाउँमै रमाउने वातावरण बनाउँछौँ

blog

बिहादी गाउँपालिका गण्डकी प्रदेशस्थित पर्वत जिल्लाको दक्षिण भागमा पर्छ । नेपाल सरकारले स्थानीय तहको घोषणा गरेसँगै साबिक छ वटा गाविस बाच्छा, बर्राचौर, रानीपानी, बहाकीठाँटी, उरामपोखरा, शालिग्राम मिलाएर २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । गाउँपालिकाको पूर्वमा महाशिला र पैँयु गाउँपालिका, पश्चिममा गुल्मी र बागलुङ जिल्ला, उत्तरमा बागलुङ र फलेबास नगरपालिका तथा दक्षिणमा स्याङ्जा जिल्ला र गुल्मी जिल्ला पर्छन् । यस गाउँपालिकाको कुल क्षेत्रफल ४४.८ वर्ग किमी छ । जिल्लाको कालापानीका रूपमा चिनिने यस क्षेत्र पछिल्लो समय कालीगण्डकी लोकमार्गका कारण सुगम बनेको छ । यस गाउँपालिकामा २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका बिहादी गाउँपालिकाका प्रमुख परविन गुरुङसँग पर्वत समाचारदाता गणेश पौडेलले गर्नुभएको कुराकानी :  


काम गर्दा प्राथमिकता निर्धारण गर्नुभएको छ ? 

गाउँपालिकाले आफ्नो सीमित स्रोतसाधनका भए पनि विकासका आयोजनालाई प्राथमिकता दिइएको छ । यी आयोजनामा विशेषतः कृषि र उत्पादन, स्थानीय पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा सुधार ल्याउन महìवपूर्ण काम भए । विशेष गरी वित्तीय स्रोतको कमी, प्राविधिक दक्षताको अभाव र केन्द्रीय र प्रदेश सरकारसँगको समन्वयमा हुने ढिलाइले गर्दा कतिपय काम समयमै सम्पन्न हुन सकेका छैनन् । स्थानीय विकास कार्यव्रmमको कार्यान्वयनमा अझै सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । 

स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रको काममा कसरी अगाडि बढ्नुभएको छ ? 

हाम्रो मुख्य उद्देश्य स्वास्थ्य, शिक्षा र पूर्वाधारमा गाउँपालिकालाई अब्बल बनाउनु हो । आत्मनिर्भर स्थानीय तहको योजना अनुरूप यहाँका बासिन्दाको जीवनस्तर उकास्ने गरी काम गरेका छौँ । गाउँपालिकाका नागरिकको मुख्य आयस्रोत कृषि भएकाले त्यसै अनुरूप ‘एक घर एक करेसाबारी कार्यव्रmम’ अन्तर्गत कृषिमा आधुनिक हाइटेक टनेल, आधुनिक कृषक पाठशाला कार्यव्रmमलगायतका सिप र प्रविधिको प्रयोग गर्दै उत्पादन वृद्धि गर्न किसानलाई अनुदान, बिउ, मल र तालिमको व्यवस्था गरिएको छ । उत्पादन, स्वरोजगार र बजारीकरण मेरो पहिलो प्राथमिकता रह्यो । किसान र उनीहरूका समूहका माध्यमबाट व्यावसायिक कृषि अभ्यास सञ्चालन साथै कृषि एम्बुलेन्स खरिद भएको छ, त्यसलाई व्यवस्थित गरेर सञ्चालन गरेर थप सहज बनाउने उद्देश्य छ । 

गाउँपालिकाको कामलाई व्यवस्थित गराउनका लागि भवन पूर्वाधार, सडक, खानेपानी र अन्य भौतिक पूर्वाधारको विस्तार तथा मर्मत सम्पन्न गरिएको छ । गाउँपालिकाका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन समन्वय, सहकार्य, अन्तर्वि्रmया तथा विद्यालय ‘मर्ज’ तथा समायोजनलगायत विभिन्न परियोजना सञ्चालन गरेका छौँ । विद्यालयमा डिजिटल शिक्षाको पहुँच बढाउन प्रयास भइरहेको छ । गाउँपालिकाभित्र स्वास्थ्य सेवामा पहुँच सुधार्न स्वास्थ्य चौकीको सुधार कार्यलगायत गाउँस्तरमा नियमित बृहत् स्वास्थ्य शिविर सञ्चालन गरी जनताको स्वास्थ्य सुरक्षालाई सुनिश्चित गरिएको छ । स्वरोजगारीका अवसर सिर्जना गर्न युवालाई सिपमूलक तालिम प्रदान गर्ने जस्ता विभिन्न कार्यव्रmम चलाइरहेका छौँ । 

मतदातासँग गरेका र घोषणापत्रमा लेखेका प्रतिबद्धता अनुसार काम भएका छन् ?

हामीले निर्वाचनका समयमा आमनागरिक तथा मतदातामा पेस गरेका खाका अनुसार नै काम अगाडि बढाएका छौँ । हामीले प्रत्येक वर्ष ल्याउने नीति, कार्यव्रmम तथा बजेटमा ती कुरालाई प्रमुखताका साथ प्राथमिकता निर्धारण गरेर काम गरेका छौँ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधारका लागि काम भएका छन् । पूर्वाधारका क्षेत्रमा सङ्घीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर काम अगाडि बढाइरहेका छौँ । कृषिलाई पहिलो प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गरेका छौँ । कृषिलाई रोजगारसँग जोडेर कृषकको उत्पादनको बजार सुनिश्चित गर्ने गरी काम गरिरहेका छौँ । पर्यटकीय क्षेत्रको विकास गर्ने, नयाँ सम्भावनाको खोजी गर्ने, होमस्टे निर्माण र प्रवर्धनमा जोड दिएका छौँ । युवालक्षित कार्यव्रmम सञ्चालन गरेका छौँ । यसले हामीले गरेका प्रतिबद्धतालाई पूरा गराउन मद्दत पु-याउनेमा विश्वास छ । 

सुशासन र जवाफदेहिताको अभ्यास प्रयास भएको छ ? 

हामीले गाउँपालिकालाई पारदर्शी, जवाफदेही र सुशासनयुक्त पालिका बनाउन गाउँ सभाले अङ्गीकार गरेका नीति र निर्देशनमा रहेर काम गर्ने गरेका छौँ । सबै निर्णय, बजेट विनियोजन र कार्यान्वयन प्रव्रिmया पूर्ण पारदर्शी गराउन प्रतिबद्ध रहेका छौँ । योजनामा नागरिकको प्रत्यक्ष सहभागितालाई सुनिश्चित गर्दै नीति निर्माण र कार्यान्वयनमा जनताको आवाजलाई प्राथमिकता दिएका छौँ । गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई प्राविधिक र व्यवस्थापकीय सिपमा दक्ष बनाउँदै, सेवा प्रवाहलाई चुस्त बनाउने, पालिकाभित्रका सबै विकास आयोजना, सेवा वितरण र कार्यव्रmमको नियमित अनुगमन गरी कामको गुणस्तर र समयसीमालाई ध्यानमा राख्ने गरी काम गरिरहेका छौँ । पालिकाभित्र भ्रष्टाचार, पक्षपात वा आर्थिक अपचलन रोक्न शून्य सहनशीलताको नीति लागु गरिएको छ । यसले गाउँपालिकामा पारदर्शिता, सुशासन र विवादरहित वातावरणका लागि उदाहरण बनाउने दिशामा लागिपरेको छु र परिरहने छु ।

बाँकी प्रतिबद्धता पनि छन् कि ? 

जनचाहना अनुसार गाउँवासीलाई स्थानीय सरकारको अनुभूति गराउने कार्यमा लागेको छु । मेरो प्राथमिकता गाउँपालिकालाई विकास र समृद्धिमा जोड दिने, नागरिकको हितलाई ध्यानमा राखी योजना बनाउने र कार्यान्वयन गर्ने हो । गाउँपालिकाका सबै गतिविधिमा पारदर्शिता सुनिश्चित गर्ने, जनतासँग नियमित संवाद र परामर्श गरी उनीहरूको आवश्यकतासँग मेल खाने योजना तयार गर्ने, सबै वडामा आधारभूत पूर्वाधार सुनिश्चित गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने, गाउँमा शान्ति र सुरक्षालाई प्राथमिकता दिने, बिहादी गाउँपालिका अध्यक्षका रूपमा मेरो बाँकी कार्यकालमा म यी प्रतिबद्धतामा दृढ रहने छु ।