• १० साउन २०८१, बिहिबार

खोलाले बगाउँदा एकको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, साउन १० गते । हेटौँडा–१० मा राप्तीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । राप्ती खोलाबाट अन्दाजी ३० वर्षीय पुरुषको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयो । 

फेला परेका पुरुष राजु पन्त रहेको र उहाँ विगत केही समयदेखि हेटौँडा–१ जरुवाटोलमा बसोबास गरी तरकारी लोडअनलोडको काम गर्ने गरेको भनेर स्थानीय निरू आले मगरले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।