मातातीर्थमा व्यापार महोत्सव चल्दै
तिहार, नेपाल संवत् एवं छठ पर्वका लागि लक्षित चन्द्रागिरि औद्योगिक सांस्कृतिक पर्यटन, व्यापार महोत्सव २०८१ जारी छ । मेला १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
सयपत्री फूलले रङ्गिएको सिस्नेटार (फोटो फिचर)
दैलेखको डुङ्गेश्वर गाउँपालिका –६ सिस्नेटार अहिले सयपत्री फूलले रङ्गिएको छ । उद्यमी देवेन्द्र गोदार एक सफल तरकारी कृषक हुन् । दैलेख सुर्खेत सडक खण्ड अन्तर्गत पर्ने सिस्नेटारमा उहाँको तरकारी फर्म छ ।
‘क्रप कटिङ’ गरी धान उत्पादन अनुमान गरिँदै
कृषि विकास कार्यालय चितवनले विभिन्न स्थानमा लगाइएको धानको उत्पादन अनुमान गर्न क्रप कटिङ सुरु गरेको हो । पूर्वी चितवनमा क्रप कटिङको काम सकिएको र पश्चिम चितवनको भरतपुर तथा माडीमा एक, दुई दिनमा सकिने कार्यालय प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो ।
‘नेपालगन्ज कनक्लेभ’ को दोस्रो संस्करण हुँदै
समृद्ध र दिगो भविष्यको बाटोमा नेपालगन्ज कनक्लेभको दोस्रो संस्करण मङ्सिर २० र २१ गते (५–६ डिसेम्बर, २०२४) नेपालगन्जमा हुने भएको छ ।
घोडा चढेर मुक्तिनाथ पुग्दै पर्यटक
मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुगेपछि पर्यटकलाई घोडा चढ्ने रहर हुन्छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा पर्ने रानीपौवादेखि मुक्तिनाथ मन्दिर पुग्न करिब २० मिनेट जति हिँड्नुपर्छ ।
नारायणघाट–बुटबल सडक खण्डमा सीसी क्यामेरा जडान गरिने
नारायणघाट–बुटबल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने भएको छ । सीसी क्यामेरा नहुँदा दुर्घटनाका कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेहरुको खोजी गरी अनुसन्धान गर्न सजिलो हुने भएकाले जिल्ला प्रहरी कार्यालयले अत्याधुनिक क्यामेरा जडान गर्ने तयारी गरेको हो ।
तिहार लक्षित विद्युतीय बजार: लक्ष्य ६० करोड, व्यापार ३० करोड
तिहार वर्षको एक पटक मात्रै आउँछ । यस वर्षको तिहार पनि सम्मुखमा छ । तिहारको बेलामा विद्युतीय सामग्रीहरूको व्यापार व्यवसाय फस्टाउने आशामा व्यवसायीहरू छन् । तर विगतको वर्षहरूमा भन्दा यस वर्ष ग्राहकहरूको माग कम आएको व्यवसायीहरू बताउँछन् । माग कम आएसँगै पसलको भाडा कसरी तिर्ने भन्ने चिन्ता व्यवसायीहरूलाई छ । न त माग बढेको छ न त भनेको जस्तो व्यापार ।
काठमाडौँमा पानीको समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता
खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौँ उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सुलभको सैलुन कमाउँदै सिकाउँदै
सैलुन चलाउने भनेपछि हामी झट्ट सम्झन्छौँ भारत वा तराईबाट आएका ठाकुर ।
अमेरिकामा देवकोटा जयन्ती सम्पन्न
नेपाली साहित्यका धरोहर महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती यहाँ सम्पन्न भएको छ ।
हिरासतमा प्रहरीद्वारा आत्महत्या
बलात्कार आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।
फूलको हत्या (कथा)
“आमा, मैले नयाँ फूलको बोट लेराको छु । घरमाथि सार्छु है ! बिहानबेलुका तपाईंले पानी हाल्दिनू ।” चार ब
स्क्रिनिङ विधि
चिकित्सा क्षेत्रमा प्रचलित यस रणनीतिक विधिले अहिलेसम्म पत्ता नलागेका वा जोखिम तत्वहरू पत्ता लगाउन मद्दत गर्दछ ।
ट्युमर मार्कर
एक किसिमको बायोमार्करलाई ट्युमर मार्कर भनिन्छ ।
विधिविज्ञान प्रयोगशालामा जनशक्ति अभाव
नेपाल प्रहरी प्रदेश कार्यालय विधिविज्ञान एकाइ (प्रयोगशाला) नेपालगञ्जले स्थापनकालदेखि अहिलेसम्म दुई हजार दुई सय ६७ घटनाका छ हजार सात सय ८२ नमूना परीक्षण गरेको छ । सीमित जनशक्ति र प्रविधिको प्रयोग गरेर पनि ती नमूना परीक्षण भएको हो ।
सङ्खुवासभामा मादलको व्यापार घट्दो
सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु भएको छ । गीतसङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री हुन थालेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
माथिल्लो तामाकोशी पुनर्निर्माणलाई दुई अर्ब लाग्ने
गत असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट क्षतिग्रस्त दोलखाको बिगु गाउँपालिका–१ को लामाबगर स्थितको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको संरचना पुनर्निर्माणका लागि करिब दुई अर्ब लाग्ने भएको छ ।
स्थानीय तहमा बेथिति : खरिद गुरुयोजनाबिनै साढे एक अर्ब खर्च
सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम १० करोडभन्दा बढी रकमको वस्तु निर्माण परामर्श खरिद गर्दा खरिद गुरुयोजना निर्माण गरी खरिद गर्नुपर्नेमा दैलेखका ११ स्थानीय तहले खरिद गुरुयोजना निर्माण नै नगरी एक अर्ब ४७
सिँजामा लोकसंस्कृति बहस
नेपाली भाषाको उद्गम स्थल सिँजामा खस सभ्यताको लोकसंस्कृति विषयमा सङ्गोष्ठी एवं प्राज्ञिक बहस भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
उपभोक्ताका अधिकार कार्यान्वयनमा जोड
नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको मौलिक हकमा राखिएका उपभोक्ताका अधिकारलाई राज्यले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
लयमा फर्कियो सेतीखोला
असोज पहिलो सातासम्म सेतीखोलाले धार परिवर्तन गरेर बग्दा शालिग्राम दर्शन गर्नका लागि समस्या देखा परेको थियो ।
स्थानीयले लाभ लिने गरी रोयल्टी बाँडफाँट
स्थानीय नागरिकले लाभ लिने गरी रोयल्टीको बाँडफाँट गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।