प्रेमका प्रतीक रानीमहल
पछिल्लो समय नेपालमा पर्यटकको चहलपहल बढ्दो क्रममा देखिएको छ । पर्यटकको आगमन पहिलेभन्दा राम्रो अवस्थामा रहेको विभिन्न आँकडाले देखाएका छन् । मुलुकभित्र विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको सङ्ख्यामा आएको उत्साहजनक वृद्धिले पर्यटकीय स्थलहरूसमेत भरिभराउ देखिन थालेका छन् । यसै क्रममा पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल ‘रानीमहल’ स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न सफल भएको छ । नेपालको ताजमहलसमेत भनेर चि
खप्तड सडक अलपत्र
बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकास्थित खप्तड पर्यटकीय सडकको निर्माण तीन वर्षदेखि रोकिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशको बझाङतर्फको यो मार्ग प्रमुख सडकसमेत हो ।
वर्ष बित्दा पनि सुन्तला किसानले पाएनन् क्षतिपूर्ति
आफ्ना र छिमेकीको बगैँचामा फलेको सुन्तला कोल्ड स्टोरमा राखी बेसिजनमा विक्री गरी मनग्य आम्दानी गर्ने पुतली बजार नगरपालिका ७ ठुलाडीहीका डिलबहादुर रानाको सोचेँ थियो ।
सम्पन्न भएन खानेपानी योजना
निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि बागलुङ बजारको लिफ्टिङ खानेपानी परियोजना सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्ती र प्राकृतिक विपत्तिका कारण बागलुङ नगरको सहलगानीको खानेपानी परियोजना सम्पन्न गर्न ढिलाइ भएको हो । परियोजना पूर्ण रूपमा सम्पन्न नहुँदा बागलुङवासीले खानेपानीको समस्या भोग्दै आएका छन् ।
नेपाली संस्कृतिको प्रचार गर्न आग्रह
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक अभ्यासमा जीवित रहेको नेपाली संस्कृति, परम्परा र कलाको प्रवर्धन गरी पर्यटनसँग जोड्ने अवसरको सदुपयोगका लागि आह्वान गर्नुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५ औँ प्राज्ञसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले परापूर्वकालदेखि नै हस्तकलाको संस्कृतिसहित समाजवादमा आधारित जीवन्त अभ्यास भइरहेको नेपाली समाज, परिवेशलाई अब पर्यटन र रोजगारीसँग जोड्नेतर्फ सोच्नुपर्ने बताउनुभएको हो ।
बुद्धपार्कको निर्माण अलपत्र
दोलखाको सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका–६ मा नगरकै महìवपूर्ण योजनाका रूपमा लिइएको बुद्धपार्कको निर्माण अलपत्र परेको छ । पाँच वर्षअघि निर्माण सुरु भएको यो पार्कको आर्थिक
हनुमानढोका सौन्दर्यीकरण अभियान सुरु
श्री शार्दूल जङ्ग गुल्म र काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको सहकार्यमा शुक्रबार हनुमानढोका सौन्दर्यीकरण अभियान सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको स्वच्छ, सफा महानगरको योजना अनुरूप गुल्मपति सेनानी पूर्ण प्रजापतिको उपस्थितिमा सो सौन्दर्यीकरण अभियानको प्रारम्भ भएको हो । २९ औँ महानगर दिवसको उपलक्ष्यमा थालिएको यस सौन्दर्यीकरण कार्यक्रममा श्री शार्दूल जङ्ग गुल्मका सैनिक जनशक्तिको उपयोग गरिने छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार परिसरमा अस्तव्यस्त सवारीसाधन पार्किङलाई व्यवस्थित बनाउन २०७७ सालमै शार्दूल जङ्ग गुल्मका तत्कालीन गुल्मपति विकास शाक्यको नेतृत्वमा यस क्षेत्रको सौन्दर्यीकरण अभियान सुरु भएको थियो ।
आज काठमाडौँका यी स्थानहरूमा बिजुली काटिने
नेपाल विद्युत् प्राधिकरणले आज बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सब स्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।
सुजनको ‘सेतो रौँ’
गायक तथा सङ्गीतकार डिआर सुजनको नयाँ गीत ‘सेतो रौँ’ सार्वजनिक भएको छ । नेपाली युवा किन विदेशिन बाध्य हुन्छ भन्ने कुरा सुजनको गीतको कथामा समेटिएको छ । सुजनसँगै गीतमा टीका पुन, धर्म गन्धर्वको आवाज रहेको छ । सङ्गीत, शब्द तथा निर्देशन सुजनकै रहेको गीतको भिडियोमा जयकिसन बस्नेत, देशभक्त खनाल, रामबाबु रेग्मी, भगवती खड्का र सुजन स्वयम्को अभिनय देख्न सकिन्छ । विगत एक दशकअघिदेखि गीत सङ्गीतमा लाग्नुभएका सुजन देशको यथार्थमा केन्द्रित भएर कथावस्तु लेख्ने गर्नुहुन्छ । बाउआमा, फुली नाकैमा, दुखी बाहुन, उडेको चरी, नेपाली हाम्रो जात जस्ता थुप्रै चर्चित गीत निकाल्नुभएको छ ।