• १२ कात्तिक २०८१, सोमबार

लक्ष्मी जयन्तीको अवसरमा साहित्यिक कार्यक्रम

blog

समारोहमा सहभागी साहित्यकार एवं अतिथिहरू । तस्बिरः रेखीराम राना

रेखीराम राना

तानसेन, कात्तिक ११ गते । ११६ औँ लक्ष्मी जयन्तीको अवसरमा बृहत् साहित्यिक समारोह तानसेनमा सम्पन्न भएको छ । साहित्यिक समारोहमा विभिन्न जिल्लाका २९ जना साहित्यकारले रचना वाचन गर्नुभएको थियो । साहित्यकारहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा समेत चर्चा गर्नुभएको थियो । 

साहित्यिक समारोहका प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य एवं राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुर गैरेले साहित्यक क्षेत्र समाज रुपान्तरणको माध्यम भएको बताउनुभयो । उहाँले देवकोटाका रचनाहरूले राजनैतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो । 

साहित्य केवल गाइने सुनाइने मात्र नभएर समाज परिवर्तन र रूपान्तरणको साधक पनि भएको उहाँको भनाइ छ । लुम्बिनी साहित्य सङ्गम, लुम्बिनी प्रदेश समितिको आयोजनामा भएको सम्मेलनमा साहित्यकार डा. कृष्णराज डिसीले महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वको योगदानबारे चर्चा गर्नुभयो ।