राष्ट्रिय हितमा सन्तुलित परराष्ट्र नीति लागू गर्नुपर्छ : सचिव लम्साल
नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने
स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण ९रेफर० भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ ।
पहाडको सदुपयोग गर्न नसक्दा देश गरिब भयो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताउनुभएको छ । शुक्रवार तेह्रथुममा आयोजित महाकाली–मेची अन्तर्गतको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
भ्रष्टाचारले सरकारप्रतिको विश्वसनीयता घटाउँछ : प्रमुख आयुक्त राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारले विकासलाई कमजोर बनाउँदै सरकार प्रतिको विश्वसनीयता घटाउने बताउनुभएको छ।
धनकुटामा सुन्तला उत्पादन बढ्यो
पछिल्लो समय सुन्तला उत्पादन निरन्तर ओरालो लागेको धनकुटामा यस वर्ष भने उत्पादन केही बढ्ने देखिएको छ ।
बसाइँसराइले रित्तिन थाले गाउँ
बसाइँसराइँले तनहुँका गाउँ रित्तिन थालेका छन् । रोजगारीका लागि जिल्लाबाट दैनिक एक सय युवा विदेश जाने गरेका छन् ।
'पाँचथर अस्पतालमा एनएसथेसिया डाक्टरको दरबन्दी र पारामेडिक्स कक्षा सञ्चालन हन्छ'
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले जिल्ला अस्पताल भवन पाँचथर सदरमुकाम फिदिममा निर्मित ५० शैय्या क्षमताको जिल्ला अस्पताल भवन उद्घाटन गर्नुभएको छ ।
पर्वतको प्रसिद्ध पर्यटकीय स्थल पञ्चासे
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा रहेको छ । पर्यटकीय याम भए पनि अन्य क्षेत्रमा जस्तो यहाँ चहलपहल बढ्न सकेको छैन ।
हुम्लामा कतै आगो तापेर र कतै घाममा बसेर पढ्दै विद्यार्थी
चिसो बढेसँगै हुम्ला जिल्लाको पढाइ प्रभावित हुन थालेको छ। जिल्लाका अधिकांश विद्यालयले पठनपाठन कक्षाकोठामै आगो बालेर वा बाहिर घाममा बसेर गर्न थालेका छन्।