नेतृत्वले देशको आवश्यकता बुझ्न जरुरी: नेता भण्डारी
प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले नेपालमा समय अनुसार काम गर्न नसकिएको बताउनुभएको छ । तम्घासमा भएको नेपाली काँग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको बन्द सत्र सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मिटरब्याजसम्बन्धी चार सय ३८ उजुरी फर्छ्याेट
जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फर्छ्याेट गरेको छ ।
भूकम्पबाट मृत्यु भएका परिवारलाई दुई लाख राहत
रुकुम पश्चिममा भूकम्पको कारण मृत्यु भएकाका सबै परिवारलाई आर्थिक सहायता (राहत रकम) उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले मृतकका परिवारलाई दुई लाखको दरले राहत उपलब्ध गराएको हो ।
सानीभेरी किनारमा पुरुषको शव फेला
रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ३ मूलपानीस्थित सानीभेरी नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार आइतबार बेलुका नदी किनारको छालमा उक्त शव फेला परेको हो ।
महायज्ञबाट सङ्कलित रकमबाट मन्दिर पुनःनिर्माण
म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको पुनः निर्माण गरिएको छ । पुनःनिर्मित सो मन्दिरको जगन्नाथ मन्दिर ९धाम० गुठी सञ्चालन तथा व्यवस्थापन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा शुभारम्भ समेत गरिएको छ ।
जुम्ल्याहा शिशुको शव फेला
सर्लाही सदरमुकाम मलङ्गवामा फोहोरमा फालिएको जुम्ल्याहा नवजात शिशुको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५-६ महिना जतिको देखिने मृत जुम्ल्याहा शिशु फेला परेका हुन् ।
बजेट अभाव हुँदा खानेपानी योजना अलपत्र
नवलपरासी [बर्दघाट सुस्तापूर्व] नवलपुरमा बजेट अभावले गण्डकी प्रदेश सरकारको लागतमा सुरु भएका खानेपानी योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी योजना बजेट अभाव हुँदा अलपत्र परेका हुन् । आर्थिक वर्ष २०७५÷७६ मा निर्माण सुरु गरिएका योजनाले अझैसम्म पूर्णता पाउन सकेका छैनन् ।
जलवायु परिवर्तनको मुद्दामा श्रमिकलाई बेवास्ता गरियोः ट्रेड युनियन महासङ्घ
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ नेपाल आवद्ध परिषद् ९आइटियुसी न्याक०ले जलवायु परिवर्तनको मुद्दामा श्रमिक सङ्गठनहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् ।
कर्णालीका पहुँच मार्ग निर्माणमा ढिलासुस्ती
कर्णालीका पहुँच मार्ग निर्माणमा ढिलासुस्ती भइरहेको छ । राष्ट्रिय गौरवका रूपमा रहेका ती सडक हालसम्म पनि निर्माणकै क्रममा छन् । केही निर्माणको अन्तिम चरणमा छन् भने केहीको ट्र्याक खोल्ने काम भइरहेको छ । ‘लाइफलाइन’ कै ट्र्याक खोल्न ढिलासुस्ती कर्णाली प्रदेशकै ‘लाइफलाइन’ का रूपमा हेरिएको कर्णाली कोरिडोरको ट्र्याक खोल्ने काममा ढिलासुस्ती भएको छ । एक दशक बितिसक्दा पनि ट्र्याक निर्माणकै काम सकिएको छैन । कोरिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सिमकोटसम्म २६८ किलोमिटर सडकखण्ड निर्माणमा ढिलासुस्ती भइरहेको छ । यो खण्डमा २४ प्रतिशत भौतिक प्रगति भएको छ भने हालसम्म २० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । २६८ किलोमिटर सडकमध्ये २६६ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको हिल्सा–सिमकोट सडक आयोजनाले जनाएको छ ।