• १२ कात्तिक २०८१, सोमबार

उच्च शिक्षामा एआईको प्रभाव

blog

डिजिटलमय युगमा सामाजिक, शैक्षिक, आर्थिक अथवा अरू कुनै क्षेत्रमा सबैभन्दा महत्वपूर्ण प्रविधि भनेकै आर्टिफिसियल इन्टेलिजेन्स (एआई ) हो । यो अपरिहार्य माध्यम बनेको छ । हाल आएर मानिसले आफ्नो जीवन र जगत्को दैनिकीलाई सहज र सजिलो बनाउन पनि प्रविधिमा अधिकतम समय खर्चेको देखिन्छ । चाहे प्रत्यक्ष होस् वा परोक्ष अप्रत्यक्ष रूपमा । त्यसै गरी धारा प्रवाहको प्रविधिमय संसार पनि क्रान्तिकारी परिवर्तन प्रक्रियाको गतिमै तीव्र रूपमा बढिरहेको छ । यस्तो अवस्थामा एआई भन्ने शब्द यो बादलभित्रको असीमित अनि अथाह संसारमा अनगन्ती कार्यक्रमको निर्माणका रूपमा परिभाषित भएको देखिन्छ । एआई विभिन्न क्षेत्रमा अधिक रूपमा समावेश भएको छ । उच्च शिक्षामा पनि एआईले नै प्रभावकारीका साथ चलायमान भएको छ । हाल आएर नवीनतम एआई जसलाई हामी जेनेरेटिभ एआई अथवा जेनएआई पनि भन्छौँ । यो जेनएआईले पनि उच्च शिक्षामा हरेक कोणबाट सहयोग गरेको छ । 

सन् २०२० को सुरुमा जेनेरेटिभ एआई (जेनएआई) को प्रवेश भई सँगसँगै द्रुत गतिमा विकास भएको बताइन्छ । हरेक सामाजिक सञ्जाल, फोटोसप होस् र अन्य कुनै प्रविधिबाट निर्माण भएको कुनै पनि विधा, एआईबिना सम्भव छैन । एआईले समावेशी र ज्ञानको विविधतालाई पनि अधिकतम उचाइमा नपु¥याएको पनि होइन । यसको प्रयोग उच्च शिक्षाको शिक्षण प्रक्रियामा भएको छ । एआईको संस्थापक प्रोफेसर जोन म्याककार्थे (स्ट्यानफेर्ड विश्वविद्यालय संयुक्त राज्य अमेरिका) भएको उल्लेख छ । उहाँले पहिलो पटक एआईको निर्माण गर्नुभएको बताइन्छ । विश्वका केही विश्वविद्यालयले पनि एआईलाई एक प्रमुख माध्यमका रूपमा अवलम्बन गर्दै विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरेको पनि पाइन्छ । 

शैक्षिक जगत्मा एआईको भूमिका

हालसम्म एआईको स्वीकृत विश्वव्यापी परिभाषा छैन । अन्तर्राष्ट्रिय संस्था युनेस्कोको केही लिटरेचरमा उल्लेख भए अनुसार एआईले मानव जातिको बौद्धिक विकासको अनुकरण गरेको छ । एआईभित्रको मेसिन लर्निङ, जसमा केही प्रविधिका धारणा, विभिन्न तर्क, समस्या समाधानका उपाय, भाषा अन्तव्रिर्mयाको प्रक्रिया पनि बृहत् रूपमा प्रस्तुत भएको देखिन्छ । हाल परिवर्तित प्रविधिमय युगको जेनेरेटिभ एआई मानव जीवनलाई सहज तथा समयसापेक्ष पनि बनाएको छ । एआईलाई समय अनुसारको प्रमुख हतियार पनि मानिन्छ । 

मानवरूपी बुद्धिलाई अनुकरण गर्न सक्षम मेसिनको सहायताबाट सिकाइ निर्माण गर्नु, तर्कलाई परिभाषित गरी समय सान्दर्भिक उपयोग गर्नु र शैक्षिक जगत् अथवा अरू कुनै क्षेत्रमा केही समस्या समाधानमा उपलब्धिमूलक काम गर्नु नै एआईको भूमिका हो । योभन्दा पनि अझ गहन रूपमा अध्ययन गर्ने हो भने । एआईले रचनात्मक कार्यमा पनि भूमिका निर्वाह गरेको छ । 

युनेस्कोको लिटरेचरका आधारमा एआईसँग दुई किसिमका क्षमता विकास भएको उल्लेख छ । पहिलो आर्टिफिसियल न्यारो इन्टेलिजेन्स् (एएनआई) र आर्टिफिसियल जनरल इन्टेलिजेन्स, एजेएनआईभित्र मेसिन लर्निङ एक किसिमकोे लोकप्रिय प्रविधि पनि मानिन्छ । एआईलाई मेसिन लर्निङ पनि भनिन्छ । अर्को क्षमता भनेको एजिआई, जसलाई मानव समाजमा एआई वा बलियो एआई पनि भनिन्छ । उदाहरणका लागि विभिन्न किसिमको सफ्टवेयर छन् । पहिलो च्याटबोट हो, यसलाई एकापसमा हुने कुराकानी तथा अन्तर्क्रियाको प्रमुख औजार मानिन्छ । च्याटजिपिटी र अरू केही प्रोगाम पनि प्रमुख औजारभित्रै पर्छन् । चलनचल्तीमा आएको र शैक्षिक जगत्मा लोकप्रिय हुँदै गएको प्रमुख भनेको च्याटजिपिटी नै हो । विभिन्न लिटरेचरको आधारमा च्याटजिपिटी सन् २०२२ नोभेम्बरमा पहिलो पटक प्रस्तुत भएको भन्ने उल्लेख छ । जेनएआई प्रणालीबाट प्राकृतिक भाषालाई प्रशोधन गर्ने प्रविधि पनि समावेश गर्छ । शैक्षिक समुदायभित्र पनि व्यापक छलफल गर्न च्याटजिपिटीको नेतृत्वले पनि प्रमुख भूमिका निर्वाह गरेको छ । 

एआईको उद्देश्य र उच्च शिक्षा शिक्षण पद्धतिमा प्रभाव

ब्रह्माण्ड झैँ असीमित रूपमा उग्र तरिकाले चम्किरहेको र विश्वलाई नै आफ्नो एक अभिन्न अङ्गको भाग मानिरहेको प्रमुख प्रविधि भनेको नै एआई हो । एआईले खास गरी उच्च शिक्षा शिक्षण पद्धतिमा कस्तो किसिमबाट प्रभाव परिरहेको छ भन्ने विषयमा चिन्तन गर्ने हो भने, सकारात्मक र नकारात्मक दुवै रूपमा प्रभाव पारिरहेको हामीले सहजै महसुस गर्न सक्छौँ । खासमा एआईलाई सही ढङ्गबाट प्रयोगमा ल्याउने हो भने यसका कदमलाई सकारात्मक नै मान्न सकिन्छ । 

एआईको एकीकरणबाट नै शिक्षण पद्धतिलाई अगाडि बढाउने हो भने आफ्ना भित्री बौद्धिक स्तरलाई अझ गहिराइमा पु¥याउनका लागि मात्र प्रयोग गर्नु पर्छ । एआईको प्रयोगबाट समयको केही बचत पनि गर्न सकिन्छ । त्यस कारण थोरै समयमा धेरै भन्दा धेरै कार्य सम्पन्न गर्न सहज पनि हुन्छ । यसमा कहिलेकाहीँ नकारात्मक प्रभाव तथा धेरै किसिमका चुनौती पनि नभएको होइन । उदाहरणका लागि उच्च शिक्षाका विद्यार्थीलाई गृहकार्य अथवा अरू कुनै प्रस्तुतीकरणका लागि काम दिइएको छ भने सम्पूर्ण कार्यमा एआई नै समावेश छ । यसले विद्यार्थीको बौद्धिकस्तरमा केही कमी आउँछ कि भन्ने चिन्ता पनि नभएको होइन । उदाहरणका लागि कुनै एउटा विषय वस्तुमा निबन्धका लागि गृहकार्य छ, मानौँ च्याट जिपिटीबाट जस्ताको त्यस्तै नक्कल गर्ने हो भने यस किसिमको कार्यमा धेरै समस्या आउन सक्छ । एआईलाई प्राज्ञिक पद्धतिको प्रयोगमा ल्याउँदा धेरैभन्दा धेरैको अध्ययन अनि आफ्नो बुझाइलाई नीतिगत रूपबाट नै अगाडि बढाउनु आवश्यक छ । उच्च शिक्षामा एआईले अधिक रूपमा प्रवेश गर्दै व्यक्तिगत सिकाइ र प्रयोगसहितको एक किसिमको माध्यम पनि विकास गरेको छ, जसलाई भर्चुअल रियालिटी अथवा अगमेन्टेड तथा कृत्रिम बौद्धिक शिक्षण प्रणाली, जस्तै ई–शिक्षा प्रणाली हुन् । एआईको मद्दतले व्यक्तिगत शिक्षणको पनि विकास गर्छ । जसको प्रभाव वा विकासले प्रत्येक विद्यार्थी र शिक्षकलाई शैक्षिक विकासमा बिताउन प्रमुख भूमिका खेल्छ । विद्यार्थीको ड्रपआउटको सङ्ख्यामा पनि कमी ल्याउन एआईको प्रयोग प्रमुख कारण हुन सक्छ । शिक्षकको व्यक्तिगत विकासका लगि पनि एआईबाट नै अगाडि बढेको हामीले सहजै मूल्याङ्कन गर्न सक्छौँ ।

साँच्चिकै सम्पूर्ण प्राज्ञिक क्रियाकलापलाई पनि एआईमै निर्भर गराउने हो भने आफ्नो मौलिकता र बौद्धिक क्षमताको कसरी मापन हुन सक्छ ? यसले व्यक्तिको तार्किक क्षमतामा पनि ह्रास ल्याउन सक्छ भन्ने कुरा पनि नभएको होइन । एआईलाई विकसित मुलुकले अनिवार्य विषयका रूपमा नै समावेश गरिसकेको अवस्था छ । जसको उद्देश्य विश्वव्यापी रूपमा एआई र जेनएआईलाई जनमानसको ज्ञानको पहुँचमा पु¥याउनु पनि हो । यति भन्दै गर्दा एआईले हाम्रो दैनिक क्रियाकलाप र गुणस्तरीय शिक्षाको सुनिश्चित पनि गर्दै गएको छ । यो कदम नेपालको उच्च शिक्षामा पनि उत्तिकै महìवपूर्ण मानिन्छ । 

एआई र शैक्षिक क्रियाकलाप

विभिन्न तहको शैक्षिक क्रियाकलापमा पनि एआईले बृहत् रूपमा नै समावेश भएको देखिन्छ । नेपालको इकोनोमिक फोरमलाई अध्ययन गर्ने हो भने हाल नेपाल सरकारले शिक्षामा एआईको सम्भावनालाई प्रभावकारिताका साथ अवलम्बन गरिरहेको देखिन्छ । त्यसै गरी सुशासन राज्य तथा समृद्धि नेपालका लागि पनि एआईले अमूल्य भूमिका निर्वाह गरेको छ । जेनएआईले पनि शैक्षिक क्रियाकलापमा पनि विभिन्न पाठ र पाठसम्बन्धी फोटा र भिडियो र अडियोको सामग्री निर्माण गर्न पनि एआईको प्रमुख भूमिका नै रहन्छ । यस किसिमको शैक्षिक क्रियाकलापलाई मेसिन लर्निङ पनि भन्न सकिन्छ । शैक्षिक क्रियाकलापमा पनि च्याटबोट पनि प्रयोगमा आउने गरेको छ । ठुलो भाषा मोडेल जसलाई एलएलएम भनिन्छ । यस मोडेलको सहायताबाट शैक्षिक अन्तर्क्रियात्मक र कुनै जिज्ञासाको आवश्यक उत्तरका लागि पनि एआई अग्रसर देखिन्छ । जेनएआईको सहयोगले कुनै विषयवस्तुलाई प्रस्टसँग भाषा संशोधन गर्नु पनि सहज हुन्छ । सरकारी स्तरबाट पनि एआईको सूचाकाङ्कलाई अध्ययन गर्ने हो भने पनि १९३ राष्ट्रमध्ये १५० औँ स्थानमा नेपाल छ । 

उच्च शिक्षाको शैक्षिक गतिविधिमध्ये खोज अनुसन्धान पनि एक किसिमको प्रमुख कार्य हो । अनुसन्धानका लागि पनि विभिन्न सम्बन्धित लिटरेचरको खोजी पनि हामीले विभिन्न ब्राउजरबाट गर्दै आएका छौँ । जेनएआईको क्षमता वा अनुसन्धानको उपयुक्त वातावरण सिर्जना गर्न पनि यसले सहयोगी भूमिका निर्वाह गरेको छ । 

निष्कर्ष

डिजिटल युगलाई गहिरिएर अध्ययन गर्ने हो भने धेरै जसो शिक्षाविद् र अनुसन्धानकर्ताका लागि एआई प्रमुख सारथि जस्तै भएको छ । जसमा जेनएआईले अनुसन्धानकर्ता वा शैक्षिक क्रियाकलापको व्याख्या गर्न पनि एकदम सहयोग गरेको छ । एआईले हालको प्रविधिमय जगत्लाई अति नै सहज मार्गतिर डो¥याउँदै गएको पनि हामीले प्रत्यक्ष अवलोकन गर्दै आएको छौँ । 

  

Author

डा. अनिला झा