काठमाडाैं, असार ३१ गते । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रविधि अनुसार साहित्यिक पत्रकारितालाई परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभएको छ । मङ्गलबार नेपाल साहित्यिक पत्रकार सङ्घको १९ औं स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले साहित्यिक पत्रकारिताको मात्रै नभई समाचार पत्रपत्रिकामा पनि प्रविधिसँगै चुनौती आइरहेको बताउनुभयो । अब विस्तारै पत्रपत्रिका र साहित्यिक पत्रकारितालाई डिजिटलाइज गर्न जरुरी रहेको उहाँकाे भनाइ छ । अब कागजको सुगन्धबाट च्युत हुने स्थिति निर्माण भइरहेको बताउनुभयो । उहाँले कागजसँग टाँसिएको मानिसको श्रमसँग विस्तारै विस्तारै च्युत हुँदै गइरहेको र साहित्यिक पत्रकारिताको इतिहास भुल्न नहुने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘साहित्यिक पत्रकारिताको मात्रै होइन समाचार पत्रपत्रिकाको पनि समस्या भइरहेको छ । विस्तारै अहिलेको प्रविधिको युगअनुसार एआईको युगअनुसार विस्तारै डिजिटलाइज नगरी नहुने स्थिति भइसकेको अवस्था छ । कागजसँग टाँसिएको मानिसको श्रमसँग विस्तारै विस्तारै च्युत हुँदै जानुपरिरहेको छ । हामीले कागजबाट अब विद्युतमा सर्नुपर्छ । यो चुनौति हामी सबैमा छ । साहित्यिक पत्रकारिताको इतिहास भुल्नु हुँदैन । अहिलेको डिजिटल युगअनुसार चल्नुपर्ने अवस्था अवश्य छ । तर इतिहास भुल्नु हुँदैन ।’
यस्तै, कुलपति राईले मानिसँग आँशु हुन्जेलसम्म मानिसले कविता लेख्ने बताउनुभयो ।