टोपलाल अर्याल
रेसुङ्गा, असार ३१ गते । कालीगण्डकी काेरिडोर एकतर्फी सञ्चालनमा आएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–६, बर्लबामा माथिबाट पहिरो खसेपछि असार २९ गतेबाट कालीगण्डकी काेरिडोर पूर्णरूपमा अवरुद्ध भएको थियो ।
तीन दिनको लगातारको प्रयासपछि काेरिडोर एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । कालीगण्डकी काेरिडोर पटक पटक अवरुद्ध हुने गरेको छ । असार महिनामा मात्र विभिन्न खण्डमा गरेर चार पटक अवरुद्ध भएको छ ।