अरिङ्गालले चिल्दा मृत्यु
अरिङ्गालले चिल्दा पाँचथरमा एक जना युवकको ज्यान गएको छ । फिदिम नगरपालिका वडा नम्बर ६ निवासी २६ वर्षीय सुवराज तुम्रोक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मुस्ताङको घरपझोङ चक्रपथ कालोपत्र सुरु
गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथको जोमसोम– ठिनी– ढुम्बा खण्डमा कालोपत्र गर्न थालेको हो ।
सत्तारुढ दलको बैठक बस्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो ३ बजे लाई प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आव्हान गरेको जनाएको छ ।
समिल र ग्रिल उद्योग भारतीय कामदारकै भरमा
नेपाली कामको खोजीमा दैनिक बिदेसिएका बेला नेपालका समिल र ग्रिल उद्योग भने दक्ष कामदारको अभावमा दुःखले चलिरहेका छन् । नेपाली कामदार काम सिक्दै विदेश जाने क्रम बढेपछि भारतीय कामदारकै भरमा उद्योग चलिरहेको व्यवसायी बताउँछन् । पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि निर्माणका काम धमाधम भइरहेका छन् । जसले गर्दा गाउँ गाउँमा समिल र ग्रिल उद्योग खुलेका छन् ।
रुसी “जासुस ह्वेल” मृत
रुसी ‘जासुस ह्वेल’ नर्वेको तटनजिकै समुद्रमा मृतावस्थामा फेला परेको छ ।
नाबालिका करणी आरोपमा एक पक्राउ
नाबालिकालाई करणी गरेको आरोपमा स्याङ्जामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनचौपारी गाउँपालिका–२ का २८ वर्षीय सूर्य परियारलाई नाबालिकलाई करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
मर्मतको पर्खाइमा वायु ऊर्जा
वलपरासी, कात्तिक ९ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका ५ धौवादीमा रहेको हावाबाट बिजुली निकाल्ने पङ्खा । मर्मत सम्भारको अभावमा वायु ऊर्जा बेवारिसे अवस्थामा रहेको छ । तस्बिरः रासस
प्याकेटको खाजा नखुवाउन निर्देशन
लहान नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयको अनुगमन गरिरहेका अनुगमन टोलीले विद्यार्थीलाई प्याकेटका खाजा नखुवाउन निर्देशन दिइएको छ । नगर उपप्रमुख रामचलितर
‘क्यान्सर अस्पताल पश्चिम नेपालकै आवश्यकता’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भत्किएको कोठामा कार्यालय प्रमुख
जिल्लाको बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला छ । सोही ठाउँमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक छ । त्यही गौरवको उक्त रङ्गशाला संरक्षण गर्ने जिम्मा–दाङ जिल्ला खेलकुद विकास समिति हो । तर, त्यही समितिका कार्यालय प्रमुख बस्ने कोठा सुरक्षित छैन ।
डेङ्गु र ‘स्क्रब टाइफस’ का बिरामी बढ्दै
पाल्पामा डेङ्गु र ‘स्क्रव टाइफस’ बाट सङ्क्रमित बिरामी बढेका छन् । यो वर्ष २२५ जना ‘स्क्रब टाइफस’ बाट सङ्क्रमित बनेका छन् भने डेङ्गुबाट हालसम्म २४९ जना बिरामी पुगेका छन् ।
विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्दै लहान
सिरहाको लहान नगरपालिका–१५ का तीनवटा कृषक समूहका गरी ६३ किसान परिवारलाई विषादीरहित तरकारीखेती प्रवर्द्धनका लागि रु दुई लाख मूल्य बराबरका कृषि सामग्री प्रदान गरिएको छ ।
नढलेका जोर धरहरा : इतिहासबारे थरी थरीका कथा
धनकुटा नगरपालिका–५ मा एक ऐतिहासिक टुँडिखेल छ । धनकुटा गौँडा हुँदाको बखतमै निर्माण गरिएको सो टुँडिखेलको पूर्वोत्तर दिशामा गोलपोस्ट छ । गोलपोस्टसँगै जोर स्तम्भ रहेका छन् । स्तम्भ
पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने
ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं १६ कार्यालयले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार स्थानीय जात्रा, पहिरन, पहिचान र संस्कृतिलाई उजागर गर्नुका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने
राहदानी बनाउन एक दिनअगावै टोकन
जिल्ला प्रशासन कार्यालय गुल्मीमा राहदानी बनाउनेको भिड लागेपछि एक दिनअगावै टोकन वितरण गरिएको छ ।
काठेपुलमा जोखिमपूर्ण यात्रा
बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिका जोड्ने मौरेस्थित अस्थायी काठेपुल पार गर्दै जीप । पक्कीपुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
तिहारलाई मादल तयारी
माग अनुसार तिहार पर्वका लागि मादल बनाउदै धनकुटा नगरपालिका वडा नं।१ हिलेस्थित गैरी टोलका ६१ वर्षीय छोटे सार्की लगायत ।
खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी
कञ्चनपुरको बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गर्नुभएको छ ।
आकर्षक गन्तव्य न्याउली झरना
उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ मा रहेको लापुबेँसीस्थित न्याउली झरना आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।
म्याग्दीमा सडक स्तरोन्नतिले गति लियो
जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको जनाएको छ ।
आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल
रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गर्नुभएको छ । दुई दशक विदेश मजदुरी गर्नुभएका उहाँले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थाल्नुभएको हो ।
अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने
यहाँको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो ।
चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ
जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ ।
नदीजन्य पदार्थको ठेक्का लगाउन सकस
सिन्धुलीको कुनै पनि स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउन सकिरहेका छैनन् ।जिल्लाका स्थानीय तहले नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा) को ठेक्का लगाउन पटक पटक बोलपत्र आह्वानको सूचना प्रकाशित गर्दा पनि ठेक्का नलागेको हो । दहत्तर बहत्तरको दर रेट नमिल्दा जिल्लाका नौवटै स्थानीय तहमा नदीजन्य पदार्थको ठेक्का लाग्न नसकेको स्थानीय तहले जनाएका छन् ।