स्थानेश्वर स्मृति प्रतिभा पुरस्कारबाट पोखरेल सम्मानित
स्थानेश्वर शर्मा अर्याल स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार–२०७७ साहित्यकार मनोहरप्रसाद (विवश)पोखरेललाई प्रदान गरिएको छ । युवा साहित्यकार शम्भु अर्याल र सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले स्वर्गीय पिताको स्मृतिमा हरेक दुई दुई वर्षमा प्रदान गर्नेगरि स्थापना गरिएको पुरस्कार विराटनगरका पोखरेललाई प्रदान गरिएको हो ।
भारतले कम गुणस्तरको चिनी दिने भएपछि २५ हजार टन खरिद प्रक्रिया रोकियाे
भारतले नेपाललाई जी–टु–जी प्रक्रियाअनुसार तिहार अघि नै २५ हजार टन चिनी उपलब्ध गराउने भने पनि अहिलेसम्म उक्त परिणामको चिनी नेपाल आएको छैन । नेपालमा चिनी अभाव भएपछि सरकारले भारतीय दूतावासमार्फत कूटनीतिक पहलमा भारत सरकारसँग चिनी उपलब्ध गराइदिन आग्रह गरेको थियो ।
काँग्रेस प्रमुख सचेतक लेखक भारतमा सम्मानित
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक भारतमा सम्मानित हुनुभएको छ । लखनउ विश्वविद्यालयले विश्वविद्यालयबाट अध्ययन गरी काँग्रेसको प्रमुख सचेतक तथा राजनीतिको माध्यमबाट समाजमा योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।
निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारीमा राई
निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सम्हाल्नु भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आइतबार बिहान अस्ट्रियातर्फ प्रस्थान गर्नु भएपछि निमित्तको जिम्मेवारी राईले सम्हाल्नु भएको हो ।
प्रहरी महानिरीक्षक कुँवर अस्ट्रिया प्रस्थान
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आइतबार बिहान अस्ट्रियातर्फ प्रस्थान गर्नु भएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा अस्ट्रियाको भियनामा मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घर आइपुगे
वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
डोल्पामा ट्याक्टरले किचेर चालकको मृत्यु
डोल्पामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु २ त ५९१५ नम्बरको ट्याक्टर मकै लिएर दुनै आउने क्रममा ठुली भेरी नगरपालिका वडा नं ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा रोकेको अवस्थामा न्युट्राेलमा गई ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो ।
२८ वर्ष गुप्तवास
द्वितीय विश्वयुद्धमा लडेका एक जापानी सिपाहीले २८ वर्ष गुमनामीको जीवन व्यतीत गरे । उनी सबैको सम्झनाबाट समेत विलिन भइसकेका थिए तर एक दिन आफूले तयार पारेको विचित्रको गुप्त संसारबाट उनी यस संसारमा देखिए, पत्याउनै गाह्रो भयो । कुरा हो ५२ वर्ष पहिलेको । प्रशान्त महासागरमा अवस्थित गुआम टापुमा जनवरीको एक दिन सिकारको खोजीमा भौँतारिरहेका दुई जना सिकारीले दुर्गम जङ्गलको खोलामा हातले बनाइएको झिङ्गेमाछा मार्न जाल लगाउँदै गरेका जङ्गली जस्ता एक मानिस देखे । ती व्यक्तिले झुत्रे लुगा लगाएका थिए, चाउरिएका र दुर्बल देखिन्थे ।